Tuesday, July 28
Shadow

बर्दियामा फेरी बाघले मानिस खायो, भैंसी चराउन गएका थारुको आधा शव भेटियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १२  । बर्दियामा फेरी बस्ती नजिक पुगेर बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बर्दियाको गेरूवा गाउपालिका–४ मा आइतबार साँझ भैसी चराउन घर नजिकैको खरबारीमा गएका एक व्यक्तिले पाटे बाघको आक्रमणमा परि ज्यान गुमाएका छन् । उनको शव प्रहरीले आधा खाएको अवस्थामा फेला पारेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिनु भएको जानकारी अनुसार घर नजिकैको खरबारीमा भैसी चराउन गएका गेरूवा–४ राजिपुरका ६८ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आइतबार साँझ साढे ४ बजे घरनजिकैको खरबारीमा भैसी चराउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो । ईलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरिक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले खरबारीमा बाघले टाउकोको भाग खाएको अवस्थामा थारुको भेटेको बर्दियाका प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।
उहाँले सो घट्नाको बारेमा बर्दिया राष्टिय निकुञ्जलाई समेत जानकारी गराईएकोले निकुञ्जले मान्छे खाने बाघको खोजी शुरु गरेको र गेरुवा आसपासका क्षेत्रमा सचेत रहन स्थानीयलाई सुचना प्रवाह गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *