Saturday, September 12
Shadow

राजनीति

जसपा रौतहटको  जिल्ला कार्यसमिति समायोजनमा परिवारवादि हावि , प्रदेश समिती सदस्य यादवको आरोप

जसपा रौतहटको जिल्ला कार्यसमिति समायोजनमा परिवारवादि हावि , प्रदेश समिती सदस्य यादवको आरोप

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल माघ ८ रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्यसमिति समायोजन पार्टीको सिद्धान्त र नीति बिपरित मनोमानी ढङ्गले  भएको भन्दै जसपा नेपालका प्रदेश समिति सदस्य श्याम बिहारी यादवले खेद प्रकट गरेका छन । यादवका अनुसार जिल्ला कार्यसमिति समायोजनमा क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य योगेन्द्र यादव र रेवन्त झा हावी भएको छ । उन्ले भने क्षेत्र न.१ बाट सम्बन्धित प्रदेश सदस्य , नगर कमिटी र नगर अध्यक्ष सङ्ग छलफलनै नगरी केन्द्रिय सदस्य योगेन्द्र यादव र रेवन्त झाले मन परि ढङ्गले आफनो आसे पासे , नातेदार र झोला बोक्नेलाई कार्य समितीमा राखेको हो । शनिबार जिल्ला अध्यक्ष धर्मेन्द्र पटेको अध्यक्षतामा १७७ सद्स्यिय जिल्ला कार्यकारणी समिती सद्स्य गठन गरिएको छ ।...
जसपाले जनमत माथी लगायो गम्भीर आरोप

जसपाले जनमत माथी लगायो गम्भीर आरोप

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल माघ ८ ।सत्तारुढ जनता समाजवादी पार्टीले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ। जसपाले शनिबार एक विज्ञप्ति जारी गर्दै समाजवादी युवा संघको आयोजनामा भइरहेको कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ताले सुनियोजित तरिकाले आक्रमण गरेको आरोप लगाएको हो। जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढंगबाट लाठी, भांटा, ढुङ्गा, आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने, आतङ्क मच्याउने र हिंसा भड्काउने जस्ता गैरराजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए।’ जसपाले जनमत पार्टीको उक्त गतिविधिको घोर विरोध एवम् भर्त्सना गरेको विज्ञप्तिमा जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजव...
रौतहटमा मन्त्री रेणु यादवको पुत्ला दहन, गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको माग

रौतहटमा मन्त्री रेणु यादवको पुत्ला दहन, गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको माग

banner-news-1, मुख्य समाचार, राजनीति
  सचतक नेपाल डेक्स । माघ ८ रौतहट । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ । संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् । संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् ।एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायराम...
राैतहटका कयाैँ नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे

राैतहटका कयाैँ नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क । रौतहट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका वर्डा नम्बर ७ का वर्डा प्रत्यासी प्रभावशाली जुझारु नेता डाक्टर उमेश अधिकारी सहितका नेताहरुले नेकपा(एस)मा प्रवेश गरेका छन् ।   एक कार्यक्रम बिच रौतहटको सदरमुकाम गौर स्थित रहेको साईमोन रेस्टुरेन्टको हौलमा पार्टी प्रवेश गरेका छन् ।कोरोनाको तेस्रो भेरिएण्टको नियमपालन गरेर २५ भन्दा कम जनाको सहभागिता रहेको थियो। रौतहटमा जनता समाजवादी पार्टीको ठुलो झटका लागेको छ।कार्यक्रम प्रमुख अतिथि नेकपा एसका पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य मान्नीय सरला यादवले फुल माला अबिरले स्वागत गरि पार्टी प्रवेश गराएका हुन् । कोरोनाको मध्यनजर गर्दै बाक्लो उपस्थिति न रा...
मन्त्री रेणु यादव सिके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति दिएको होईन ; राज्य मन्त्री  यादव

मन्त्री रेणु यादव सिके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति दिएको होईन ; राज्य मन्त्री यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल माघ ०७ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् । हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् । उनले मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको दावी गरे । सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो’, जसपा नेता तथा राज्यमन्त्री यादवले दावी गरे, ‘बाटो छेकेर हमला गर्न खोज्ने १५र२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’ राज्यमन्त्री यादवले किसान आन्दोलनको...
गौरको ब्यारेक फिल्डमा समाजवादी युवा संघको कार्यक्रम शुरु

गौरको ब्यारेक फिल्डमा समाजवादी युवा संघको कार्यक्रम शुरु

banner-news-1, Uncategorized, मुख्य समाचार, राजनीति
माघ ०५ , जितेश यादव । बलिदान दिवसको अवसरमा समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरिय भेला एवम् मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको छ । संघीय सरकारका भौतिक पुर्वाधार मन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा गौर स्थित ब्यारेक मैदानमा मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको हो । कर्यक्रममा राज्री मन्त्री योगेन्द्र यादव , बिधायक किशोरी यादव , प्रदेश कार्य समिति सद्स्य श्याम बिहारी यादव, जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल लगायतको उपस्थितिमा कार्यक्रम शुरु भएको छ ।                                                                                                          १२ बजेदेखी शुरु हुन भनिएको कार्यक्रम जनमत पार्टीको अवरुद्धका कारण ढिलो भएर शुरु भएको हो। किसानहरूको माग  सम्बोधन नभएसम्म जनमत पार्टीद्वारा पुर्व निर्धार...
देशकै ‘कान्छा’ जिल्ला सदस्य बने निवेश

देशकै ‘कान्छा’ जिल्ला सदस्य बने निवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क । रौतहट । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् । २०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी ...
अध्यक्ष दाहाल कोरोना मुक्त

अध्यक्ष दाहाल कोरोना मुक्त

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतवार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छन् । पुस २३ गते गरिएको परीक्षणमा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको थियो ।
प्रदेश २ : मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत

प्रदेश २ : मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेक्स पुस ३० , प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए । स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि  दलित समितिलाई सहज हुने उनले बताए ।...
प्रहरीले कसरी निर्दोषलाई लागूऔषध मुद्दामा फसाउँछ ?

प्रहरीले कसरी निर्दोषलाई लागूऔषध मुद्दामा फसाउँछ ?

मुख्य समाचार, राजनीति
  कृष्ण ज्ञवाली पुस ३० ,  काठमाडौं । आफूहरुले बोक्दै नबोकेको ब्राउन सुगर (लागूऔषध)को झुटो मुद्दाका कारण दुई भारतीय नागरिकले अनाहकमा साढे ९ वर्ष जेलमा विताएका छन् । २२ वैशाख २०६९ मा पोखराबाट पक्राउ परेका उनीहरु ४ कार्तिक २०७८ को सर्वोच्च अदालतको फैसलाबाट मात्रै थुनामुक्त हुन पाए । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले लागूऔषध बिक्रीवितरणको आरोपमा दुई भारतीय नागरिकलाई कसुरदार ठहर गर्ने जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याइदिएको हो । साथै सर्वोच्चले उनीहरुलाई न्यूनतम ज्याला दिन र झुटो मुद्दामा फसाउने प्रहरीलाई विभागीय कारबाही गर्न आदेशसमेत दिएको छ । कागजमा लागूऔषध बरामद भएपछि २२ वैशाख २०६९ सालमा प्रहरीले पोखराको चिप्लेढुंगाबाट भारतीय नागरिकहरु रमेश साह र प्रकाश पटेललाई पक्राउ गर्‍यो । प्रकाश मामाका छोरा र रमेश फुपूका छोरा रहेछन् । प्रहरीले उनीहरुको खानतल...