Saturday, September 12
Shadow

राजनीति

प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
  सचतक नेपाल डेक्स पुस २६ , आफ्नो जन्म र कर्म भुमिलाई भुलि प्रदेश नम्बर २ को राजधानिलाई जनकपुर कायम गर्न सहमती जनाउनु भुत पुर्व भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलको निर्णय हास्यास्पद र लज्जास्पद रहेको समाजिक अभियन्ता कृष्ण मोहन सहनीले बताउनुभएको छ । अभियन्ता सहनीले बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रतिनिधित्व गर्ने र बारामै घर समेत रहेको पुर्व मन्त्री सोनल अरु अरु दलबाट सम्प्रेसित भइ र कमिसनको भरमा प्रदेश्को राजधानी बिरगन्ज हुनुपर्ने माग गर्नुको सट्टामा जनकपुरलाई सहमति जनाएको आरोप समेत लागएका हुन । प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार बिरगन्ज भएतापनि राजधानी जनकपुर हुन्नुपर्नेमा सहमती जनाउनु पुर्व मन्त्री सोनलको यस्तो निर्णय आफ्नै थालमा प्वाल पार्नु बराबर हो । आन्दोलन को बेला सबै राजनीतिक दल का नेता ले वीरगन्ज लाई राजधानी बनाउने घोषणा गरे पनि एति खेर सोनल जस्...
राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
सचतक नेपाल डेक्स । पुस २६ ,अर्थमन्त्री जनार्दन शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माल...
महेन्द्र यादवलाई मन्त्री पदबाट हटाउन जसपा भित्र किचलो सुरु

महेन्द्र यादवलाई मन्त्री पदबाट हटाउन जसपा भित्र किचलो सुरु

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेक्स २६ पुष , पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक किचलो बढ्न थालेको छ । जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका महेन्द्र यादवले पार्टी विरोधी काम गरेको आरोप नेताहरुले लगाउँदै आइरहेका छन् । नेता यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। स्रोतका अनुसार यादवसंग पार्टी असन्तुष्ट रहेकाले उनलाई मन्त्री पदबाट हटाउन दबाब आइरहेको बुझिएको छ । उनले जसपा विभाजनको बेलामा भने उपेन्द्र यादवलाई नै साथ दिएका थिए । उनले पार्टी विरोधी कार्यहरु गर्दै आइरहेको भन्दै यादव पक्ष असन्तुष्ट रहेको बुझिएको छ । स्रोतका अनुसार उनले मन्त्रालयमा राम्रोसंग काम गर्न नसकेको कारण पनि देखाउंदै उनलाई सरकार बाहिर रहेर काम गर्ने सुझाव आइरहेको छ । यस्तै जसपामा नेताहरुले गुट बनाउन सुरु गरेको भन्ने कुरा पनि चर्चामा रहेको छ । जसपाका चर्चित नेता बाबुराम भट्टर...
जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन

जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आह्वान गरेको रौतहट बन्दको दाेस्राे दिन पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । केहि दिन यता प्रदर्शनरत जनमत पार्टीले सोमबार देखि रौतहट बन्द गर्ने घोषणा गरेका थिए । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेका थिए । राैतहट बन्दकाे घाेषणा भएपनि प्रभाव खासै देख्न सकिएकाे छैन् । केहिदिन देखि सुरु भएको शितहरले पनि पार्टीको बहुमतलाई बल दिन सकेको छैन् । "नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेको" विज्ञप्तिमा उल्लेख छ । किसानकाे माँग पुरा नभए सम्म हाम्राे प्रदर्शन निरन्तर जारी रहने केन्द्रिय सदस्य...
नेकपा माओवादी केन्द्रका अध्यक्ष बने दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष बने दाहाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
च तक नेपाल डेस्क, रौतहट । पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । आज (सोमबार) ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्। कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।...
साेमबार देखि अनिश्चितकालकाे लागि रौतहट बन्द

साेमबार देखि अनिश्चितकालकाे लागि रौतहट बन्द

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले भोली (सोमबार) देखि रौतहट बन्द गर्ने घोषणा गरेका छन् । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिश्चित कालको लागि बन्द हुने जानकारी दिएका छन् । नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेका छन् । बिउ विजन , मल खाद र सिचाईको व्यवस्था तिनै तहको सरकारले गर्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ती अभावका लागि आवाज उठाउँदा समेत सरकारले दमन गरेको अवगत नै रहेको लेखिएको छ । सिरहा देखि सुरु भएको किसानहरुको जायज आन्दोलनको दोस्रो चरण अन्तरगत जनमत पार्टीले भोली रौतहट देखि अनिश्चित कालको लागि बन्द हुने बताइएको छ । जनमत पार्टी...
प्रचण्डमाथि खनिए ओली

प्रचण्डमाथि खनिए ओली

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क , रौतहट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे । ‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने । उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे । उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो...
नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष  लिङ्देन

नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष लिङ्देन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल । पौष १४ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालि जनताहरुको सुख, शान्ति र अमल चैनका लागि राजतन्त्रको आवश्यक्ता रहेको बताएका हुन । तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद् द्वारा आयोजित विचार गोष्ठीमा आफ्नो बक्तब्य राख्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। अध्यक्ष लिङ्देनले भारतद्वारा मिचिएको नेपाली भु भाग (कलापानी , लिपुआधुरा)लाई उदृत गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो ...
 रौतहटमा १२ जना प्रदर्शनकारी पक्राउ

 रौतहटमा १२ जना प्रदर्शनकारी पक्राउ

banner-news-1, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीका १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी मौसम परिवर्तन कारण जनमत पार्टीले घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो । तर मौसम परिवर्तन पश्चात पनि जनमतका कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन् । पार्टीका कार्यकर्ताहरुले जिल्लाको मध्ये बजार गरुडामा सवारी तोडफोड गरेका छन् । रौतहट बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै कार्यकर्ताले ३ सवारी साधनलाई तोडफोड गरेका हुन । सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिएका छन् । मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए । सवारी साधन एवम चालकलाई ...
राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । किसानहरूको समर्थनमा आज जनमत पार्टीले जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् । समयमा मलखाद्य र बिउ बिजन उपलब्ध गराउन जनमत पार्टीले आज प्रदर्शन गरेका हुन् । जनमत पार्टी राैतहटले मंगलवार एक विज्ञप्ति जारी गर्दै जिल्ला बन्दकाे समेत घाेषणा गरेका हुन् । दुई चरण गरि आन्दाेलन गर्ने घाेषणा गरिएकाे विज्ञप्तिमा उल्लेख छ । पहिलाे चरण अन्तर्गत आज (मंगलवार) जिल्लाकाे गाैर, गरुडा,बंकुल र चन्द्रपुरमा मशाल जुलुस गर्ने लेखिएकाे हाे । साेही अनुरुप मंगलवार जनमत पार्टीले जिल्लाकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा मशाल जुलुसकाे प्रदर्शन गरेका छन् । सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । हा...