Sunday, July 26
Shadow

अन्य

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाले घट्यो

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाले घट्यो

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ जेठ, रौतहट । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो । पूर्वाधार कर १०/१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पत्र पठाएको अर्थमन्त्रालय स्रोतले बतायो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ । तर मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्ने छ ।...
शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा १६ अर्ब रकम वृद्धि हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि मन्त्रालयगत, प्रदेश र स्थानीय तहगतरूपमा गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको थियो। प्रस्तावित बजेटमा श्रम, सीप, रोजगार र उत्पादनसँग शिक्षालाई जोड्दै शिक्षामा पहुँच विस्तार गरी गुणस्तर र उत्पादनशील मानव पूँजीको विकास गर्ने, विद्यालय क्षेत्र सुधार कार्यक्रम, युव...
बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ जेठ, झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्ने छ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्ने छ ।...
जर्मन कपको उपाधि लाइपजिगलाई

जर्मन कपको उपाधि लाइपजिगलाई

अन्तर्राष्ट्रिय, अन्य, खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइप...
काठमाण्डाैं महानगरपालिकाका प्रमुखमा सिर्जना सिहंकाे उम्मेदवारी

काठमाण्डाैं महानगरपालिकाका प्रमुखमा सिर्जना सिहंकाे उम्मेदवारी

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १३ वैशाख, राैतहट । नेपाली कांग्रेस पार्टीबाट काठमाण्डाैं महानगरपालिकाका प्रमुख (मेयर) पदका लागि सिर्जना सिहंले उम्मेदवारी दर्ता गराएकी छिन् । संस्कार, संस्कृति र सभ्यताको सम्मान मेयर पदमा सिर्जना सिंहलाई मतदान भन्ने नारा र भारी बहुमतका साथ उम्मेदवारी दर्ता गराएकी हुन् । काठमाण्डाै महानगरपालिकाकाे हावा, पानी, माटाे र संस्कृति सबैसँग परिचित छु । उम्मेदवारी दर्ता गराएकी सिर्जना सिंह भन्छन् ," मैले सधै काठमाण्डाैंकाे उत्थान र बिकाशकाे लागिनै साेचेकाे हुन्छु ।" राजधानीलाई सफा, सुरक्षित र महिलाकाे विकाशकाे लागि सधै प्रयासरत रहेने उनले बताइन् । महिलाे आफ्नाे घर सफा राख्ने झै म काठमाण्डाैंलाई पाचँ वर्षमा सफा बनाउने र महिला सुरक्षित रहित सहर बनाउने उनले प्रतिबद्धता जनाउनु भयाे । अब राजधानी पनि महिलाले हाक्नु पर्ने र महिलालाई अगाडी बढाउनु पर्ने स्थानि...
नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १३ वैशाख, सुर्खेत । मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो । बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका-१ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर...
स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ११ वैशाख, रौतहट । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी। तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी रहेका थिए । छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशकले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए । सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु...
धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ११ वैशाख, धनुषा । धनुषामा कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि अन्य तीन जना घाइते समेत भएका छन्। मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन्। शनिवार राति सवा ११ बजेको समयमा महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ सपहीमा अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिंदा राय गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परेर कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतो घाइते भएका छन् । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबैजनाको उपचार प्रादेशिक अस्पतालमै भइरहेको धनुषा प्रहरीले जनाएको छ ।...
जनलहर साथ मेयरमा पुन: उम्मेदवारी दिए अजय गुप्ता

जनलहर साथ मेयरमा पुन: उम्मेदवारी दिए अजय गुप्ता

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ११ वैशाख, राैतहट । जनताकाे लहर साथ मेयर पदमा पुन: अजय गुप्ताले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुन गइरहेकाे स्थानिय निर्वाचनका लागि गुप्ता लाेकतान्त्रिक सामाजवादी पार्टीबाट मनाेनयन दर्ता गराएका छन् । हजाराैं जनताका साथ उनी र लाेसपा प्यानेलबाट उपमेयर , वार्ड अध्यक्षका उम्मेदवारहरु मनाेनयन दर्ता गराउन निर्वाचन कार्यालय गाैर पुगेका थिए । गाैर नगरपालिकामा गरेकाे विकाशकाे फलस्वरुप हामी पुन: उम्मेदवारी दर्ता गराएका छाैं । निर्वतमान नगरप्रमुख अजय गुप्ता भन्छन् ,"निर्वाचन आयाेगले जारी गरेकाे आचारसंहिताकाे पूर्ण पालना गर्दै, कानुनकाे सम्मान गर्दै हामी घर दैलाे कार्यक्रम गरेर जनताकाे मन जिति रेहका छाैं । वैशाख ३० गते हुने स्थानिय निर्वाचनका आज राैतहटकाे सदरमुकामकाे गाैर नगरपालिकामा निर्वतमान नगरप्रमुख अजय गुप्ताे मनाेनयन दर्ता गराएका छन् । हजाराैँ जनताकाे ...