Sunday, July 26
Shadow

अन्य

आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२४ असार, रौतहट । आजदेखि सरकारी खाताबाट भुक्तानी रोकिने भएको छ।  महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष सकिनु सात दिन अघिदेखि भुक्तानी नहुने जनाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा नियमावलीको नियम ३० को उपनियम १ र २ मा संघीय सरकारी खर्चबारे उल्लेख गरिएको छ।यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  हरेक आर्थिक वर्ष अन्त्यतिर सरकारी खर्च बढाउने र बढी भुक्तानी गर्ने प्रवृत...
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ असार रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा गरिन् । मन्त्री भुसालले भनिन्, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घका...
बलिउड अभिनेत्री आलिया गर्भवती

बलिउड अभिनेत्री आलिया गर्भवती

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट
सच तक नेपाल, मुम्बई। बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन्। सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन्। सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन्। तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ।आलियाले ‘हाम्रो बच्चा‘चाँडै आउँदैछ’ भनेर लेखेकी छन् । आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए।रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन्।...
देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासोत रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । आज आइतबार संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।  ...
पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ असार, रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले भारी वृद्धी गरेको छ । यो वृद्धि हालसम्मकै भारी वृद्धि हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।...
बोल्डलुक्सले युवामाथि हमला गर्दै धमलाकी श्रीमति ( फोटोफिचर )

बोल्डलुक्सले युवामाथि हमला गर्दै धमलाकी श्रीमति ( फोटोफिचर )

अन्य, ताजा-अपडेट
सच तक नेपाल डेस्क, देशकै चर्चित पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमको बोल्ड फोटोहरु निकै भाइरल हुन् पुगेको छ । मोडल तथा नायिका एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजाको चर्चा भने चल्यो । १८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । एलिजा सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालिरहेकी छन् । उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् । जहाँ उनी निके बोल्ड बनेकी छन् । उनी गर्मी लागेसँगै झने खुलेकी छन् । त्यस्तै पछिल्लो पटक पोखरा पुगेर फोटोशुट गरेक...
प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन्। आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।...
हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । तपाईको टाउकोमा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ। व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो। तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो। आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणक...
सेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ गुमाए

सेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ गुमाए

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ। यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो। केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर...