Monday, October 26
Shadow

अन्य

पुर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. झाकाे मृत्यु

पुर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. झाकाे मृत्यु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ११ वैशाख, राैतहट । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको मृत्यु भएकाे छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् ।डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । करिब डेढ/दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो ।उनका पति झा भन्छन् "पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो । " उनकाे आज बिहान मृत्यु भएकाे हाे । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।...
मधेश सहित चार प्रदेशमा नयाँ प्रहरी प्रमुखकाे आगमन

मधेश सहित चार प्रदेशमा नयाँ प्रहरी प्रमुखकाे आगमन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, राैतहट । गृह मन्त्रालयले चार वटा प्रदेशमा प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो । सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा मसाउद आलम खाँ पठाइएका छन् । राजेन्द्रप्रसाद चौधरीलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य चाहिँ प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् । हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।...
स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी रहेको छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्री समेत पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै, स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाइने छैन । आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिएको हो । पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझानुपर्ने छ ।...
सगरमाथा अक्सिजन प्लान्टमा बिस्फाेट बारे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

सगरमाथा अक्सिजन प्लान्टमा बिस्फाेट बारे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज बिहान करिब १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।...
स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ वैशाख, राैतहट । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेव...
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्य...
जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वाेच्चकाे फैसला

जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वाेच्चकाे फैसला

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने फैसला सर्वोच्च अदालतले मंगलबार सुनाएको छ। न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चुनावी आचारसंहिताको विषयमा परेको रिट निवेदन खारेज गरेपछि जनप्रतिनिधिले फेरि चुनाव लड्न चाहे मनोनयनपत्र दर्ता गराउनुअघि बहालवाला पदबाट राजीनामा दिनैपर्ने भएको हो। निर्वाचन आयोगले यही वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि बनाएको आचारसंहितामा पालिकाका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिले फेरि उम्मेदवारी दिन चाहे पहिला भइराखेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ। आचारसंहिताको यो प्रावधानविरुद्ध सर्वोच्च अदालतमा जनप्रतिनिधिले रिट निवेदन दर्ता गराएका थिए। आयोगले पालिकाको चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता मिति तोकेको छ। यसअघि स्थानीय तहका जनप्रतिनिधिले फेरि ...
राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उहाँले जानकारी दिए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने श्रेष्ठले बताए । यसअघि नै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।...
इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा

इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ वैशाख, राैतहट । सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने ।’ अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ । तर बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्यनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्धन शीर्षकमा विनिय...
बाघकाे आक्रमणबाट दुई जना घाइते

बाघकाे आक्रमणबाट दुई जना घाइते

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ५ वैशाख, बारा । बारामा बाघको आक्रमणबाट दुइजना घाईते भएका छन् । शनिबार जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउँन गएका बेला ४२ वर्षिय दिलबहादुर मुक्तान र उनकी ३८ वर्षिया श्रीमती माईली माया रुम्बा घाइते भएका हुन्। सुरुमा माईली मायाँलाई बाघले आक्रमण गरेपछि उनलाई बचाउन गएका श्रीमान दिल बहादुरलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए । रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ उनले बताए ।घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाईएको र दुबै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओलीले बताए ।...