जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आह्वान गरेको रौतहट बन्दको दाेस्राे दिन पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
केहि दिन यता प्रदर्शनरत जनमत पार्टीले सोमबार देखि रौतहट बन्द गर्ने घोषणा गरेका थिए । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेका थिए ।
राैतहट बन्दकाे घाेषणा भएपनि प्रभाव खासै देख्न सकिएकाे छैन् । केहिदिन देखि सुरु भएको शितहरले पनि पार्टीको बहुमतलाई बल दिन सकेको छैन् ।
"नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेको" विज्ञप्तिमा उल्लेख छ ।
किसानकाे माँग पुरा नभए सम्म हाम्राे प्रदर्शन निरन्तर जारी रहने केन्द्रिय सदस्य...









