
जितेश यादव सचतक नेपाल । पौष १६ , सर्लाहीको ईश्वरपुरबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ ।
ईश्वरपुर-१२ बाँके चोकमा प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा पैदल हिददै जाँदै गरेको महोत्तरी सुन्दरपुर-२ बस्ने २२ वर्षीय पप्पु रामको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
