Thursday, August 6
Shadow

मुख्य समाचार

मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २९ वैशाख,रौतहट । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोप लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो । विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । जसपछि उनी काठमाण्डौँ पुगेका हुन् । क्षेत्रीले भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।...
बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, २८ वैशाख, रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ को मझुवा टोलमा रहेको सुकुम्बासी बस्तीमा पुगेकी भट्टराईकी श्रीमती माया भट्टराईलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । प्रहरीले कांग्रेस कार्यकर्ताहरुले थुनेको अवस्थामा भट्टराईलाई उद्धार गरेको छ । कांग्रेस कार्यकर्ताहरुले उनी पैसा बाँड्न आएको भन्दै नाराबाजी गरेका थिए । बुटवलका एमालेका नेताहरुले भने पैसा बाँड्न नभई आफन्त भेट्न गएको दावी गरेका छन् ।...
मतपत्रकाे नमूना सहित पैसा बितरण गर्ने माओवादीका कार्यकर्ता पक्राउ

मतपत्रकाे नमूना सहित पैसा बितरण गर्ने माओवादीका कार्यकर्ता पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २८ वैशाख, सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेका अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए । गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुन: उम्मेदवार बनेका हुन् ।...
गाैर सिमा नाका बन्द

गाैर सिमा नाका बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, रौतहट । आसन्न वैशाख ३० को निर्वाचनको लागि मंगलवार राति १२ बजे देखि छिमेकी राष्ट्र भारत सँग जाेड्ने राैतहटका सम्पुर्ण नाका बन्द भएका छन् । शुक्रवार हुने स्थानिय निर्वाचनलाई शन्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबार देखि छिमेकी मुलुक भारतसँग जोडिएको सीमा बन्द भएकाे छ । सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय कार्यान्वयन भएकाे छ । आजबाट गौर भन्सारको मुख्य सिमा नाका, महादेवपट्टी, बेलविछवा नाका, बंकुल नाका लगायत सम्पुर्ण नाकाहरु सिल भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कार्वाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुनिल मल्लले बताउनु भयाे । "हामी सबै सुरक्षाकर्मी निर्वाचनलाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्नलाई प्रयासमा जुटेका छाै " उनले सच तक नेपाल लाई बताउनु भयाे । त्यस्तै वैशाख ३० गते (शुक्रवार)...
कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, राैतहट । आज बिहान काठमाडौंको कलंकी चोकमा टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।...
स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ। मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ। आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, ...
रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनुभएको देउवाले मंगलबार अपिल जारी गरी स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको हो । देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको हो । कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उहाँको भनाइ छ ।...
भाेली देखि भारत सँगकाे सिमा नाका बन्द हुने

भाेली देखि भारत सँगकाे सिमा नाका बन्द हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २५ वैशाख, रौतहट । आस्रन स्थानीय तहको निर्वाचनका लागि यही वैशाख २७ गते भाेली (मंगलबार) देखि भारतसंग जोडिएको सीमानाका बन्द हुने भएको जिल्ला निर्वाचन कार्यालय राैतहटले जनाएकाे छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई शान्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबारदेखि छिमेकी मुलुक भारतसंग जोडिएको सीमा बन्द गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । भारतसंग जोडिएको नाका चुनाव भन्दा ७२ घण्टामा अगावै सिल गर्ने निर्णय गरेर निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्रचार गर्दै निर्णय कार्यान्वयनका लागि निर्देशन समेत दिएको निर्वाचन कार्यालयका जिल्ला अधिकारी छाेटेलाल दासले जानकारी दिए । वैशाख ३० गते (शुक्रबार) हुने स्थानिय निर्वाचनको दिन अत्यावाश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन समेत नचल्ने भएकाे छ । गत बि.स. २०६४ सालमा रौतहटमा अति संवेदनशिल रहेको १२१ मतदानस्थलहरुलाई परिमार्जन गरेपन...
वैशाख ३० गते राैतहटमा अत्यावश्यक सवारी साधन मात्र चल्ने

वैशाख ३० गते राैतहटमा अत्यावश्यक सवारी साधन मात्र चल्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २६ वैशाख, राैतहट । आस्रन स्थानिय निर्वाचनकाे दिन अत्यावश्यक बाहेक अन्य सवारी साधन नचल्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालय राैतहटले आज (साेमबार) विज्ञप्ति सार्वजनिक गर्दै वैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे दिन अत्यावश्यक र अनुमति पत्र प्राप्त सवारी साधन मात्र चल्ने जानकारी गराएका छन् । वैशाख ३० गते बिहान ५ बजे देखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स, दम कल, शव वाहन, दूर सञ्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन बन्द रहने बिज्ञप्तिमा उल्लेख छ ।...
यौन दुर्व्यवहारको आरोपमा एक जनालाई पक्राउ

यौन दुर्व्यवहारको आरोपमा एक जनालाई पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २५ बैशाख, राैतहट । प्रहरीले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...