Saturday, August 8
Shadow

मुख्य समाचार

आईजीपी बढुवा विवादबारे रिटमाथि आज सुनुवाइ हुदै

आईजीपी बढुवा विवादबारे रिटमाथि आज सुनुवाइ हुदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क १७ जेठ, रौतहट । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाई न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा हुने भएको छ। मंगलवारबाट सुरु हुने अन्तिम सुनुवाईको पेशी गोलाप्रथाबाट न्यायाधीशद्वयको इजलासमा परेको हो। गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी विश्वराज पोखरेलले रिट दायर गर्नुभएको हो । आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ। यसअघि गत २२ बैशाखमा न्यायाधीश शुष्मातला माथेमाको एकल इजलासले मुद्धाको अन्तिम सुनुवाई १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो। पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। दुवै पक्षले सुनुवाइ सार्न नपाउने गरी सर्वोच्चले आजबाट सुनुवाई...
मिस नेपाल २२ का लागि छानिए २४ प्रतिस्पर्धी

मिस नेपाल २२ का लागि छानिए २४ प्रतिस्पर्धी

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क १७ जेठ, रौतहट ।‘मिस नेपाल–०२२’ को फाइनल आगामी ४ असारमा हुने भएको छ । प्रतियोगिताको फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ । मिस नेपालको उपाधिका लागि यसपटक २४ प्रतियोगी छानिएका छन् । हिडन ट्रेजरले फाइनल २४ प्रतियोगीको नाम सार्वजनिक गरेको हो । यसपटक फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठबीच ताजका लागि प्रतिस्पर्धा हुने भएका छन् ।...
शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा १६ अर्ब रकम वृद्धि हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि मन्त्रालयगत, प्रदेश र स्थानीय तहगतरूपमा गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको थियो। प्रस्तावित बजेटमा श्रम, सीप, रोजगार र उत्पादनसँग शिक्षालाई जोड्दै शिक्षामा पहुँच विस्तार गरी गुणस्तर र उत्पादनशील मानव पूँजीको विकास गर्ने, विद्यालय क्षेत्र सुधार कार्यक्रम, युव...
विवाहको प्रलोभनमा जबर्जस्ती गर्ने अभियोगमा ३ जना पक्राउ

विवाहको प्रलोभनमा जबर्जस्ती गर्ने अभियोगमा ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । यो घटना विरगञ्जको हो । प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो । उनीहरु तीनै जनाविरुद्ध जर्बजस्ती करणी र मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार ०७९ जेठ ५ गते सुरजले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए । सुरजले बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि जेठ ९ गते २ सय रुपैयाँ दिएर काठमाडौं फर्किन भनेका पीडितले प्रहरी समक्ष बताएकी छन् । तर युवती न...
नवनिर्वाचित मेयर बालेनले लिए शपथ

नवनिर्वाचित मेयर बालेनले लिए शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज (सोमवार) राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गर्नुभएको थियो । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो । मेयर साहले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको छ । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।...
उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक न...
सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, राैतहट । दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो। अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिएराती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ। जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन। आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भ...
सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, पोखरा । आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ । बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । साभार : नेपाल टिभि अनलाइन...
नदीमा डुबेर दुई बालकको मृत्यु

नदीमा डुबेर दुई बालकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।...
गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । १५ औँ गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको कैद छुट भएको छ । त्यस्तै १६ जनाको कैद सजाय माफ भएको छ । २०७९ सालको गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्ट्रिपति विद्या देवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम निजहरुको बाँकी कैद छुट गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ८१८ जना कैदिको कैद छुट र १६ जनाको कैद सजाय माफ भएको जनाएको छ । गृह मन्त्रालयले १५ औँ गणतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।...