Saturday, August 8
Shadow

मुख्य समाचार

पहिरो कारण ३ जनाको मृत्यु

पहिरो कारण ३ जनाको मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ४ असार, रौतहट । ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ । धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ । उनको घर अविरल बर्षाको का...
रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २ जेठ, रुपन्देही । रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २ जेठ, जनकपुर । मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रुपैँया छुट्याएको जानकारी दिए । कक्षा ८ का छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’...
एकैदिन साढे २ हजार सवारी चालकमाथि कारवाही

एकैदिन साढे २ हजार सवारी चालकमाथि कारवाही

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लंघन गर्ने ८५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन्। यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ।...
प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन्। आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।...
मधेश प्रदेश सहित अन्य प्रदेशमा वर्षाको सम्भावना

मधेश प्रदेश सहित अन्य प्रदेशमा वर्षाको सम्भावना

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । सरकारले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । आज बिहान प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई...
उपमेयरसँग व्यस्त बालेन, स्थानिय फोहोरबाट पिडित

उपमेयरसँग व्यस्त बालेन, स्थानिय फोहोरबाट पिडित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १ असार, रौतहट । काठमाण्डौंको नयाँ इतिहास बनाउन सफल भएका नवनिर्वाचित बालेन्द्र साह ( बालेन ) अब आएर सुस्त भएको देखिन्छ । स्थानिय तहको निर्वाचनमा सबै उम्मेदवारलाई भारी संख्याले हराउन सफल भएका बालेन अब भने आफ्नो जिम्मेवारीबाट पछि परेका छन् । काठमाण्डौंबासीले जुन आश साथ मत दिए थिए भने अब हराउन थालिएको छ । स्थानिय तहको निर्वाचनमा जित लगत्तै काठमाण्डौंको सबै फोहोर सफा गर्ने प्रतिबद्धता जनाएका बालेनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने सकेका छैनन् । “ गर्न न सक्ने कामलाई हुदैन भन्नु पर्छ , हाम्रो आशाबाट खेल्नु हुदैन् ।” स्थानिय भन्छन् । स्थानियका अनुसार काठमाण्डौंको स्थिति पहिला भन्दा नि खराब हुन थालिएको छ । “पहिला फोहोर लिन गाडी आउथ्यो अब आउदैन् । भएभरका सबै फोहोर महिनौ देखि घरमै थुपारेर राखेको छु । फोहोर कुहिन थालेको छ । अदि फोहोर लिन गाडी आएन भने फोहोरबाटनै हामी बिरामी...
पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । प्रेस काउन्सिल नेपालले पत्रकारिता सम्बन्धि तालिमका लागि आवेदन खुल्ला गरेको छ । पत्रकारको दक्षता अभिवृद्धिको लागि निर्वाचन केन्द्रित रिपोर्टिङ् गर्ने पत्रकारलाई लक्षित गर्दै काउन्सिलको सहयोग र नेपाल प्रेस इन्स्टिच्यूटको समन्वयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विषयक तालिमको आयोजना गरेको छ । यो तालिम असार १३ गते देखि २४ गते सम्म हुने प्रेस काउन्सिल नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उक्त तालिममा अनलाइन प्रणालि मार्फत हुनेछ । तालिममा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना र उपत्यकाबाट १२ जना गरि बढीमा ४० जना कार्यरत पत्रकारलाई सभागी गराइने विज्ञप्तिमा उल्लेख छ ।...
बर्दिवास : पिकअपले ठक्कर दिदाँ १ जनाको मृत्यु , ६ जना घाइते

बर्दिवास : पिकअपले ठक्कर दिदाँ १ जनाको मृत्यु , ६ जना घाइते

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै उक्ट ठक्करबाट छ जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा-३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा-२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ...
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री नियन्त्रणमा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री नियन्त्रणमा

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । प्रहरीले लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ। रातोपाटी...