Sunday, August 9
Shadow

मुख्य समाचार

मन्त्री हेरफेरको तयारीमा जसपा, नयाँ मन्त्री को को बन्ने ?

मन्त्री हेरफेरको तयारीमा जसपा, नयाँ मन्त्री को को बन्ने ?

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २० असार, रौतहट । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री हेरफेरको तयारीमा जुटेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरफेरको विषयमा छलफल गरेमा छन्। जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री हुन् । हालका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारीमा अध्यक्ष यादव जोड दिएका छन् । संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी गरेका छन् ।...
नक्कली नागरिकता सिफारिश गरेको वडा अध्यक्ष र सचिव फरार

नक्कली नागरिकता सिफारिश गरेको वडा अध्यक्ष र सचिव फरार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ असार, रौतहट । नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा धनुषा जिल्ला अदालतले जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष एवं वडा सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर र वडा सचिव माधव रायले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाल दुवै जना फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीहरूका विरुद्ध विभिन्न निकायमा मुद्दा परे को थियो ।...
बिजुली निर्यात गरेर व्यापार न्यूनीकरण गर्न सकिने : मन्त्री भुसा

बिजुली निर्यात गरेर व्यापार न्यूनीकरण गर्न सकिने : मन्त्री भुसा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ असार, रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गर्नुभयो । नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताउनुभयो । ...
अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न देउवासहितको टोली बारामा

अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न देउवासहितको टोली बारामा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १८ असार, बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुग्नुभएको छ । अवलोकनमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरीको टोली बारो पुग्नुभएको हो । अनुगमनपछि टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ। तस्बिर : गोरखापत्र...
रौतहट जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगियो

रौतहट जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगियो

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १७ असार, रौतहट। रौतहट जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ । तर उक्त दुर्घटनामा बसमा सबार घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ । खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।...
पर्खाल भत्किएर एक जना महिलाको मृत्यु

पर्खाल भत्किएर एक जना महिलाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १६ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । आज साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उहाँले जानकारी दिनुभयो ।...
फेसबुक पेज बनाइ अनलाइन खरिद बिक्रिको नाममा चरम ठगि

फेसबुक पेज बनाइ अनलाइन खरिद बिक्रिको नाममा चरम ठगि

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ असार, रौतहट । अहिले फेसबुक पेज बनाइ अनलाइन खरीद बिक्री गर्ने नाममा चरम ठगि धन्दा फस्टाएको छ। समाजिक संजालमा ठगी गर्ने व्यापार आजभोली मौलाएको सबैमा अवगत नै छ । बिशेस गरि अन्तर्राष्ट्रिय भुक्तानी र विदेश बाट किनमेल गर्न मिल्ने आस्वाशन दिदै डेबिट मास्टर कार्ड र पेपाल अकाउण्ट उपलप्ध गराउने भन्दै अग्रीम भुक्तानी माग्ने र भुक्तानी पाए पछि अनेकन बाहाना गरि रकम ठगि गर्ने हरुको लर्को नै लागेको छ। आजकाल युवा जमातबिच लोकप्रिय भईरहेको मोबाईल गेम पब जी,फ्री फ़ाएर र अन्तर्राष्ट्रिय भुक्तानीको लागि प्रायोग हुने भनिने पाइनिएर मास्टरकार्ड उप्लभध गराउने भन्दै इ सवा नम्बर ९८२०३६८६९५ मा पैसा हाल्न लगाउने र पैसा पाए पछि अनेकन कुरा गरि पैसा ठगि गर्ने अन अफ़िसिएल पर्चेच नेपालका फेसबुक पेज संचालक सागर रुचाल रहेका छन्। उनले आफ्नो ई सेवा मा राखेको नम्बर अफ रहने र पिडितले आ...
रौतहटमा प्रहरी भन्दै हिड्ने नक्कली प्रहरी पक्राउ

रौतहटमा प्रहरी भन्दै हिड्ने नक्कली प्रहरी पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ असार, रौतहट । प्रहरी भन्दै हिड्ने एक जना नक्कली प्रहरी रौतहटको चन्द्रपुरबाट पक्राउ परेको छ । आफु नेपाल प्रहरीको घुमुवा हु भन्दैँ हिड्ने चन्द्रपुर नगरपालिका वाड नम्बर ९ सिन्धरेघारीका सुमन बस्नेलाई प्रहरीले हिरासतमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले सचतक नेपाललाई जनाकारी दिएका छन् । चन्द्रपुस्थित सम्झना होटल तथा तिवारी होटलमा बसेर आफू नेपाल प्रहरीको घुमुवा हो भन्दैँ आम नागरिकमाथि अभद्र व्यवहार गरेका सुमनलाई प्रहरीले पक्राउ गरेको छ । उनले आम नागरिकलाई थर्ककाइरहेको गोप्य सूचना पाएलगत्तै ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाइै सोमबार साँझ पक्राउ गरेको थियो । सुमन अहिले प्रहरीको हिरासतमा रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सप्तकोशीमा पानीको बहाव बढ्यो

सप्तकोशीमा पानीको बहाव बढ्यो

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ असार, रौतहट । मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ । यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ । यता, सुनसरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ । हिजो साँझसम्ममा १ लाख २५ हजार क्...
डाइभर्सन बाढीले बगाएपछि नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

डाइभर्सन बाढीले बगाएपछि नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ असार, रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।...