Sunday, August 9
Shadow

मुख्य समाचार

कर्मचारीलाई कुटपिट गरि कार लुटेका तीन भारतीय पक्राउ

कर्मचारीलाई कुटपिट गरि कार लुटेका तीन भारतीय पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ मंगलवार, असार । धनगढी। कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रबक्ता जोशीले भने, ‘घरटाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथी सोधपुछ भइरहेको छ ।’ सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जाने भन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए । पिडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरे सम्म जान लिफ्ट मागेका थिए । त...
नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो । मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डार...
कैदीहरुले पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कैदीहरुले पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १३ असार, रौतहट । जेलमा रहेका कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले मतदाता नामावली संकलनका लागि आदेश दिएको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले समानुपातिकतर्फ मताधिकारको व्यवस्था गर्न मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीको सबै मौलिक अधिकार हनन् हुन नसक्ने भन्दै समानुपातिकतर्फ मतदानको व्यवस्था गर्ने प्रयोजनका लागि मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो । अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसमेतलाई आदेश दिएको हो । सर्वोच्चको आदेशमा ‘कैद स...
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १३ असार, रौतहट । गृह मन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, झाँकी सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, टुँडिखेल, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा गृह मन्त्री खाणले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको ‘सुरक्षित जीवन’ नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्...
बोरा भित्र शव फेला

बोरा भित्र शव फेला

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १३ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो। ‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने। करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। शवलाई धरान लगिएको छ।  ...
नवनियुक्त मन्त्रीहरुको आज शपथ

नवनियुक्त मन्त्रीहरुको आज शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । देउवाले आइतबार साँझ काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।...
देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासोत रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार,धनकुटा । पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो । पोखरीमा पौडि खेल्ने क्रममा धनकुटा नगरपालिका-५ का १५ वर्षिय स्वर्णीम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडि खेल्ने क्रममा पोखरीमा डुबेर दुवैजनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णीम र उदयसँगै गएका धनकुटा नगरपालिका-५ का सन्देश राई भने सकुशल रहेका छन् । घरबाट बिहान ६ बजे निस्केर ११ बजे पोखरीमा पुगेको र पौडि खेल्ने क्रममा हराएपछि नजिकै वस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो । -नेपाल टेलिभिजन...
भारतीय राजदूत काठमाण्डौं आइपुगे

भारतीय राजदूत काठमाण्डौं आइपुगे

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौँ आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको दुतावासले जनाएको छ । यसअघिका भारतीय राजदूत विनयमोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।...
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । आज आइतबार संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।  ...