Tuesday, August 11
Shadow

मुख्य समाचार

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
गाैर - रौतहटको सदरमुकाम गौरमा आज समुदायमा मुख्य न्यायधिबक्ता संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।मधेस प्रदेशका मुख्य न्यायधिबक्ताको कार्यालय जनकपुरको आयोजना तथा मधेश प्रदेशका मुख्य न्यायधिबक्ता बिरेन्द्र कुमार ठाकुरको सभापतित्व र रौतहट जिल्ला अदालतका माननीय न्यायाधीश मात्रिका प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रौतहटका कानुनी सहायता अधिकृत रतिश कान्त झाले उदघोषण गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक बिर बहादुर बुढा मगर, बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साह, जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्की, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, कानुन व्यवसायीहरु लगायत पत्रकार, बुद्धिजीवी सहित सैकडौकों सहभागितामा संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।...
रुपान्तरणकाे अन्तिम कार्यक्रम चपुरमा सम्पन्न (फाेटाे फिचर)

रुपान्तरणकाे अन्तिम कार्यक्रम चपुरमा सम्पन्न (फाेटाे फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रमकाे अन्तिम भेटघाट तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको भएकाे छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित संरक्षण समुदाय संलग्नता तथा बाल स्पाेन्सशिप परियोजना अन्तर्गत समुदाय स्तरकाे रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रम चन्द्रपुर स्थित गाैतम हाेटेलमा सम्पन्न भएकाे हाे ।कार्यक्रमकाे प्रमुख अतिथि माधवनरायण नगरपालिका कि नगर उपप्रमुख निर्माला देवि रमन थिइन् भने विशिष्ट अतिथिका रुपमा माधवनरायण नगरपालिकाका वडा नं ३का वडा अध्यक्ष तथा पालिका बाल अधिकार समितिकाे संयाेजक राजकुमार यादव, वडा नं २ का अध्यक्ष रामबिश्वास साहले रहेका थिए।उक्त रुपान्तरण कार्यक्रम गाउँमा भईरहेको लुकेका ...
प्रादेशिक अस्पताल गाैरमा थप टिकट काउन्टर संचालन

प्रादेशिक अस्पताल गाैरमा थप टिकट काउन्टर संचालन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित प्रादेशिक अस्पतालमा चारकाेठे टिकट काउन्टरकाे उद्धाटन भएको। बुधबार अस्पतालका अध्यक्ष अनवर हाशमीद्वारा साे काउन्टरकाे उद्धाटन गरिएको हाे। प्रादेशिक अस्पताल गौरको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी र प्रादेशिक अस्पताल गौरको नि. प्र. मे. सु. डाक्टर मुरारी ठाकुरको कार्यकालमा चार वटा काउन्टर संचालनमा आएको छ । केही महिना अघि रेफर अस्पतालकाे नामले प्रसिद्ध भएको प्रादेशिक अस्पतालमा क्रमशः सुधार थालिएको हो। जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित भएको कारण अस्पतालमा प्राय बिरामीहरुकाे चाप हुने गर्दछ। चाप बढ्दै जाँदा बिरामीहरुलाई टिकटका लागि घण्टाै लाइनमा बस्नुपरेकाे थियो ‌। एउटै काउन्टर भएको कारण टिकटका लागि घण्टाै बस्दासमेत पालाे आउने गरेकाे थिएनन्। उक्त समस्यालाई अन्त्य गर्न थप काउन्टर संचालन गरेकाे अध्यक्ष हाशमीले बताउनुभयो। पुर्व अध्यक्ष...
ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहट गाैरले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ। राैतहट जिल्ला स्थित गाैर दालमिल‌ आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे । शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक याेगराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ। त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई पररलान गरिएको छ। उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव ...
बाैधीमाई नगरपालिकाकाे नगरसभा बिवाद , बिराेध रैली प्रदर्शन(भिडियोसहित)

बाैधीमाई नगरपालिकाकाे नगरसभा बिवाद , बिराेध रैली प्रदर्शन(भिडियोसहित)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बाैधीमाई नगरपालिकाले आफ्नो ७ औं नगरसभा शुक्रबार बिराेध बिच सम्पन्न गरेको छ । नगरसभाबारे वडा अध्यक्ष र कार्यक्रमकाे बैठक बिनानै नगरसभाकाे आयोजना गरिएको आन्दोलनकर्ता कार्यपालिका सदस्य बिहारी ठाकुरले बताए ‌। नगरसभा भनेकाे पुर्व जानकारी र समितिका सदस्यहरुलाई चिठि पढाउनुपर्ने प्रावधान छ तर उक्त प्रावधानलाई मिच्दै असंवैधानिक ढंगले नगरसभा गरिएको उनले बताए। नगरपालिकाका नगरप्रमुखले प्रदिप यादवले कार्यसमिति र वडा अध्यक्षलाई केही महत्व नदिई सभा सम्पन्न गरेको उनकाे आराेप छ । पटक पटक बिवादमा पर्ने बाैधीमाई नगरपालिकाले किन बन्द काेठा भित्र नगरसभा सम्पन्न गरेको भन्दै स्थानीयहरुले आक्राेश पाेखेका छन्। असंवैधानिक नगरसभालाई हामीले शान्तिपुर्ण ढंगले जनताकाे बिचार राख्न रैलीसहित आफु नगरपालिकाकाे कार्यालय पुगेकाे जसपनि प्रहरीले अवराेध गरेपछि थाेरै नाेकझाेक भएयतापनि नगरसभा सम्पन्न गरेक...
ईशनाथकाे ७ औं नगरसभा सम्पन्न, ५० कराेड ६९ लाख बजेट विनियोजन

ईशनाथकाे ७ औं नगरसभा सम्पन्न, ५० कराेड ६९ लाख बजेट विनियोजन

ताजा-अपडेट, मुख्य समाचार
राैतहट - ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा बिहिबार सम्पन्न गरेको छ । असार १०‌ गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गर्दै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ। स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ। नगरप्रमुख देवीले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका ...
राजेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४६ कराेडकाे बजेट प्रस्तुत

राजेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४६ कराेडकाे बजेट प्रस्तुत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - राजदेवी नगरपालिकाले आफ्नो १० औं नगरसभा बुधबार सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। जसअनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ। जनमुखी स्थानीय सरकार, विकास र समृद्धिकाे आधारमा मुल नाराका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी यादवले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४६ कराेड ४० लाख १५ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ११ कराेड ४१ लाख ५० हजार तथा पुँजीगत तर्फ ९ कराेड ३८ लाख ६५ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। नगरप्रमुख यादवले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका थिए। बिकास कार्य, सिँचाइ, कृषि, सहकारी प्रवद...
ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए । साभार दृष्टिन्यूज...
घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट- रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृतक परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारी रेहकाे प्रहरीले जनाएको छ । उनलाई करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ ।...
गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेकाे प्रहरीले जनाएकाे छ ‌। यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व राज खड्काले जानकारी दिए ।गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको र बाँकी रहेका एक जनामाथि सार्वजनिक शान्ति विरुद्धको अपराधमा मुद्दा चलिरहेको थियो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई...