Monday, June 1
Shadow

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

गाैर – रौतहटको सदरमुकाम गौरमा आज समुदायमा मुख्य न्यायधिबक्ता संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

मधेस प्रदेशका मुख्य न्यायधिबक्ताको कार्यालय जनकपुरको आयोजना तथा मधेश प्रदेशका मुख्य न्यायधिबक्ता बिरेन्द्र कुमार ठाकुरको सभापतित्व र रौतहट जिल्ला अदालतका माननीय न्यायाधीश मात्रिका प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रौतहटका कानुनी सहायता अधिकृत रतिश कान्त झाले उदघोषण गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक बिर बहादुर बुढा मगर, बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साह, जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्की, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, कानुन व्यवसायीहरु लगायत पत्रकार, बुद्धिजीवी सहित सैकडौकों सहभागितामा संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *