Monday, August 10
Shadow

मुख्य समाचार

राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - निर्वाचन आचारसंहिता बिपरित टासिएका पर्चा पम्लेटहरु राैतहट प्रहरीले मंगलबार हटाएकाे छ । जिल्ला निर्वाचन अचार संहिता अनुगमन समितिको निर्देशनमा मंगलबार ति पम्लेटहरु हटाइएकाे हाे । जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल/ उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाईएको प्रहरीले जनाएको छ।...
अनधिकृत व्यक्तिसँग ककपिटमा भिडियो बनाएपछि पाइलटनै कार्वाहीमा

अनधिकृत व्यक्तिसँग ककपिटमा भिडियो बनाएपछि पाइलटनै कार्वाहीमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा परेका छन् । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामालाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको हो ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट लामाले अन्तर्वार्ता दिएका थिए । त्यस्तै नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको जानकारी दिए ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।हालै चिनियाँ एभिएसन भ्लगर साम चुइलाईले दुबई-काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनि...
बोलेरो दुर्घटना दुर्घटना हुँदा ११ दिने नवजात शिशुको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

बोलेरो दुर्घटना दुर्घटना हुँदा ११ दिने नवजात शिशुको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परि मृत्यु भएको शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए । जनकपुरधामबाट ढल्केबर गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
निर्वाचन बेला सञ्चारमाध्यमकाे अहम भुमिका हुन्छ: राैतहट निर्वाचन अधिकारी छाेटेलाल

निर्वाचन बेला सञ्चारमाध्यमकाे अहम भुमिका हुन्छ: राैतहट निर्वाचन अधिकारी छाेटेलाल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - निर्वाचनमा संचार माध्यमको भूमिका विषयक आधा दिवसिय मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचन नजिकिँदै निर्वाचन कार्यालय राैतहटले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउनसञ्चारमाध्यमकाे अहम भुमिका रहेको निर्वाचन कार्यालय‌ राैतहटका अधिकारी छाेटेलाल दासले बताउनु‌भयाे । प्रमुख अतिथि तथा प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गराउदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा संचारकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने गरेको बताए । कसैको पक्षविपक्षमा नलागि स्वतन्त्र रुपमा निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउनमा संचारमाध्यमको भूमिका अहम हुने भएको हुदा सूचनाहरु यथार्थमा रहेर सहि सूचना प्रवाह गर्न सुझाव दिदै कार्यक्रमको पूर्ण सफलताको कामना गरे । अभिमुखी कार्यक्रमलाई स...
घर-घरबाट आर्शिवाद ग्रहण गर्दै विधायक उम्मेवार शेख जमसैद

घर-घरबाट आर्शिवाद ग्रहण गर्दै विधायक उम्मेवार शेख जमसैद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु धमाधम प्रचारप्रसारमा जुटेका छन्। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदकाे निर्वाचनमा अब १४ दिन मात्र बाँकी रहेको छ । जनताबाट आशिर्वाद लिदै विधायक उम्मेवार शेख जमसैद राैतहटकाे क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य पदका लागि शेख जमसैद आलमले पाँचदलिय गठबन्धनबाट उम्मेदवारी दिएका छन्। गठबन्धनबाट प्रतिनिधिसभाका लागि डा.फिरदाेस आलमले उम्मेदवारी दिएका छन्। विधायक पदका लागि उम्मेदवारी दिएका शेख जमसैद आलमले आज इशनाथ नगरपालिकाकाे बंजरहामा घर दैलाे कार्यक्रम सम्पन्न गरेका हुन् । आलम बंजरहा पुग्ना साथ हजारौं सर्वसाधारणकाे भिड जुटेकाे थियाे । स्थानीय बासिन्दाहरुका अनुसार हामीले अबकाे निर्वाचनमा गठबन्धनलाई नै समर्थन गर्ने बताए । आलमले अग्रजकाे मन जिते साथसाथै युवाकाे पनि मन जित्न सफल भएका हुन् । आजकाे सफल घरदैलो कार्यक्रममा इ...
निर्वाचनसम्म कारागार र कार्यालयकाे सुरक्षा जिम्मा सेनालाई

निर्वाचनसम्म कारागार र कार्यालयकाे सुरक्षा जिम्मा सेनालाई

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - कारागार, विमानस्थल लगायत स्थानमा कार्यरत प्रहरीलाई मतदानस्थलमा खटिने भएपछि त्यहाँको सुरक्षा जिम्मेवारी सेनाले लिन थालेको छ । देशभरी करिब ३५ कारागारको सुरक्षा जिम्मेवारी सेनाले लिइसकेको छ ।निर्वाचनमा सेना र सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछन् । निर्वाचनमा प्रत्यक्ष सुरक्षामा प्रहरी र म्यादी मात्र खटिनेछन् । कार्यालय सुरक्षा तथा गस्तीको जिम्मेवारी सेना र सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीले गस्ती बाहेक निर्वाचन कार्यालयको सुरक्षा समेत हेर्नेछ । मतगणनास्थलमा पनि सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकिएको छ ।निर्वाचनमा करिब दुई लाख ९५ हजार सुरक्षाकर्मी खटिदैछन् । करिब ७२ हजार नेपाल प्रहरी, ७१ हजार सेना, ३५ हजार सशस्त्र प्रहरी, दुई हजार राष्ट्रिय अनुसन्धान विभाग र एक लाख १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिदैछन् ।...
निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर...
आजदेखि सन्दीपको बयान शुरु , १२ वर्ष कैदको माँग

आजदेखि सन्दीपको बयान शुरु , १२ वर्ष कैदको माँग

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो ।प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो । मुद्दामा अब आजदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताए । नेउपानेले भने, ‘हामीले मुद्दा दर्ता गरेका छौँ । जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ । क्षतिपूर्ति भराउन माग पनि गरिएको छ । अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ ।’मुद्दामा सन्दीपल...
नारायणीमा नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, अन्य ३ घाइते

नारायणीमा नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, अन्य ३ घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
कावासोती - पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता- ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।...
नक्कली राहदानी बनाउने मुद्दामा फरार प्रतिवादी पक्राउ

नक्कली राहदानी बनाउने मुद्दामा फरार प्रतिवादी पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पोखरा - कास्की प्रहरीले राहदानी किर्ते (नक्कली) मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ सेराचौर का नगेन्द्रराज अधिकारी छन् ।२०७३ सालदेखि फरार थिए । अधिकारीले भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी विदेश गई लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएका थिए ।उनलाई कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।...