Saturday, April 18
Shadow

नक्कली राहदानी बनाउने मुद्दामा फरार प्रतिवादी पक्राउ

पोखरा – कास्की प्रहरीले राहदानी किर्ते (नक्कली) मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ सेराचौर का नगेन्द्रराज अधिकारी छन् ।

२०७३ सालदेखि फरार थिए । अधिकारीले भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी विदेश गई लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएका थिए ।

उनलाई कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *