अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ ।
अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।
सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो ।
समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ ।
सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प...









