Monday, July 27
Shadow

अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ ।
अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।
सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो ।
समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ ।
सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रेम कुमार लिम्बु, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम लगायतको सहभागिता रहेको प्रवक्ता चौलागाईले बताउनुभयो ।
संयुक्त बजार अनुगमन टोलीले तिहार र दसैंको बेला अनुगमनलाई तिव्र पारेपनि चाडपर्वपछि अलि सुस्त देखिएकोले नगरका व्यापारीहरुले फेरी मनपरी गर्न थालेको गुनासो स्थानीयको छ ।अनुगमनलाई निरन्तर जारी राख्नु पर्ने माग नगरवासीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *