Tuesday, October 27
Shadow

banner-news-1

For top banner

हेलिकप्टर चार्टर्ड गरेर नेता महतोलाई काठमाडौ लगियो।

हेलिकप्टर चार्टर्ड गरेर नेता महतोलाई काठमाडौ लगियो।

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीका नेता फकिरा मह्तोको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं लगिएको हो । शुक्रवार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी महतोलाई काठमाडौं लगिएको संविधान सभा सदस्य शिव पुजन यादवले बताए। मुटुमा समस्या देखा परेपछी मलङ्ग्वामा उपचाररत नेता महतोलाई थप उपचारका लागि काठमाडौको गङ्गालाल मेमोरियल अस्पतालमा भर्ना गरिएको यादवले जानकारी दिए ।...
लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

banner-news-1, मुख्य समाचार
सचतक नेपाल डेक्स सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ-रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइकाे जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।नव जनप्रहार...
पानी फ्याक्ट्रीमा आगलगी हुदा लखौको क्षति

पानी फ्याक्ट्रीमा आगलगी हुदा लखौको क्षति

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सचतक नेपाल डेक्स सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारिमा संचालित पानी कारखानामा आगलगी हुदा लाखौको क्षती भएको छ । हरिपुर नगरपालिका–९ पिडारी बस्ने रामबाबु साहले सन्चालन गरेको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा बिहिवार अबेर राति बिधुतको तार सर्ट भई आगलागि हुदा ३ वटा मेशिन र  ३ लाख ३० हजार नगद रुपैया सहित २३ लाख ३० हजार बराबरको समान जलेर नष्ट भएको सर्लाही प्रहरी जनाएको हो । आगलगीबाट भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
रौतहटको राजदेविमा नेता निवेश यादवको चर्चै चर्चा

रौतहटको राजदेविमा नेता निवेश यादवको चर्चै चर्चा

banner-news-1, मुख्य समाचार, राजनीति
माघ २४ , सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै गाउँ गाउँमा चुनावी माहोल तातेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरेको छ । रौतहटको राजदेवी नगरपालिकामा मेयर पदमा युवा उम्मेदवार निवेश यादवको व्यापक चर्चा चुलिएको छ । हालको निर्वाचित मेयर-उपमेयर लगायतका जनप्रतिनिधिहरुले काम नगरेकोले नयाँ नेतृत्व ल्याउने नगरवासीको चाहना रहेको छ । यादव एमालेका रौतहट जिल्ला कमिटी सदस्य हुन, उनी  राजदेवीमा मेयरका प्रबल दाबेदार हुन् । युवाहरुमाझ लोकप्रिय नेता यादव मेयरमा आउनुपर्ने युवा पुस्ताको माग रहेको छ । यादव पछिल्लो समय नगरपालिकामा विभिन्न विकास निर्माणका कामहरु गराई जनतामा आशा जगाएका हुन् ।...
गाैर ब्लड बैंककाे उद्घाटन कार्य सम्पन्न

गाैर ब्लड बैंककाे उद्घाटन कार्य सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , राैतहट । रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताको विशेष पहलमा रक्त संचार भवनकाे निमार्ण भएको हाे । २०७६ फाल्गुन १८ गते शिलान्यास गरिएकाे ब्लड बैंक भवनलाई आज नगर प्रमुख गुप्ताले उद्घाटन गरेका हुन् । राैतहटमा जिल्ला अस्पताल पनि अवस्थित छ । तर साे अस्पतालमा ब्लड बैंक छैन् । ब्लड अभावका करण सुत्केरी महिला,घटना दुर्घटना परेर धेरै जनाको ज्यान जोगाउन समस्या भुग्नु परिरहेको थियो । साे अभाव लाई पुरा गर्न गाैरमा ब्लड बैंकको स्थापना गरिएको नगर प्रमुख गुप्ताले बताए । रक्तदानले मानिसलाई दोस्रो जीवन दिनसक्ने भनाई छ । साे भनाईलाई वास्तविकमा चित्रण गर्न उक्त भवनको निर्माण गरिएको उनले ...
घुस सहित वडा सचिव साह पक्राउ

घुस सहित वडा सचिव साह पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेक्स माघ २० बारामा घुस सहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकम सहित पक्राउ गरेको छ । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।...
आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । साेनाम ल्हाेछारकाे उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे हाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरु बताउछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार...
रामनगर र बलरा जोडने मनुष्यमारामा पुल बन्ने भएपछि सर्वसाधारण खुशि

रामनगर र बलरा जोडने मनुष्यमारामा पुल बन्ने भएपछि सर्वसाधारण खुशि

banner-news-1, मुख्य समाचार
सर्लाही । सर्लाहिको रामनगर गाउँपालिका र बलरा नगरपालिका जोडने मनुष्मारा नदीमा पुल बन्ने भएको छ रामनगर गाउपलिकाको दक्षिणी भेगमा पर्ने मनुस्मारा नदिमा पुल बन्ने भएको हो । सो पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलबाट  ४७ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । रामनगर निवासी समाजसेवी तथा नगर बिकास कोषका सदस्य सन्दिप मिश्राले सो मनुष्यमारा नदिमा पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट बिनियोजन गराई चाडै पुल निर्माणका कार्य अगाडि बढाउन पुल महाशाखालाई ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्र बुझदै महाशाखाले यो महिना भित्र पुल निर्माणका काम शुचारु हुने गरि प्राबिधिक कार्यहरु भैरहेको प्रतिबदता व्यक्त गरेको समाजसेवी मिश्रले जानकरी दिए । पुल नहुँदा खास गरि वर्षा याममा सर्वसाधारणलाई पानि तरेर जानुपर्ने बाध्यता रहेछ । सन्दिप मिश्रको यस्ता सराहनीय कार्य...
सर्लाहिमा स्वीकृति बिना सन्चालनमा रहेका संघ संस्थालाई कार्वाही गर्ने चेतावनि

सर्लाहिमा स्वीकृति बिना सन्चालनमा रहेका संघ संस्थालाई कार्वाही गर्ने चेतावनि

banner-news-1, खबर बिषेश, मुख्य समाचार
  सचतक नेपाल , जितेश यादव माघ १८ , जिल्ला प्रशासन कार्यालय सर्लाहिले जिल्ला भित्र स्वीकृति बिना सन्चालनमा रहेका ब्यबसाय तथा उध्योगिहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन । हाल जिल्लामा विभिन्न ब्यबसाय तथा उध्योग जस्तै अस्पताल, फार्मेसी , शैक्षिक संस्था ,कोचिङ सेन्टर , लगायत बिभिन्न पसलहरु अनुमती बिना नै संचालित रहेको छ । यस्ता संघ संस्थाहरु आवस्यक मापदण्ड पूरा नगरी सन्चालन भइ रहेको गुनासो आएपछी सुचना सार्वजनिक गरि यथा सिघ्र कानुन अनुसार अनुमाती लिई तथा मापदण्ड पूरा गरि संचालन गर्न अहवाह्न गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकरी दिए । साथै अनुगमनको क्रममा त्यस्ता स्वीकृति बिना सन्चलन भएको भेतिएमा कानुन बमोजिम कार्वाही समेत गरिने प्र.जी. गौतमले बताए । जिल्लामा अधिकान्श ब्यबसायहरु स्वीकृति बिना नै सनचालनमा रहेको छ , जसले आम सर्व सधारणलाई ठग्नु र मनोपोली ढंगल...
स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका छन् । सरकारले ज्येष्ठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री देउवा तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय प्रधानमन्त्री देउवाले गरेका हुन् । ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।...