Friday, October 30
Shadow

banner-news-1

For top banner

सुर्खेतमा ट्रक दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु

सुर्खेतमा ट्रक दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ४ असार, सुर्खेत । सुर्खेतमा ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भीमबहादुर सो ट्रकका चालक हुन् । कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो । दुई जना ट्रकमुनि च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनबाट शव निकालेको थियो । उक्त ट्रक दाङबाट सिमेन्ट र सरिया लियर जाजरकोटका लागि छुटेको प्रहरीले जनाएको छ ।...
साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २ जेठ, जनकपुर । मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रुपैँया छुट्याएको जानकारी दिए । कक्षा ८ का छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’...
प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन्। आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।...
उपमेयरसँग व्यस्त बालेन, स्थानिय फोहोरबाट पिडित

उपमेयरसँग व्यस्त बालेन, स्थानिय फोहोरबाट पिडित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १ असार, रौतहट । काठमाण्डौंको नयाँ इतिहास बनाउन सफल भएका नवनिर्वाचित बालेन्द्र साह ( बालेन ) अब आएर सुस्त भएको देखिन्छ । स्थानिय तहको निर्वाचनमा सबै उम्मेदवारलाई भारी संख्याले हराउन सफल भएका बालेन अब भने आफ्नो जिम्मेवारीबाट पछि परेका छन् । काठमाण्डौंबासीले जुन आश साथ मत दिए थिए भने अब हराउन थालिएको छ । स्थानिय तहको निर्वाचनमा जित लगत्तै काठमाण्डौंको सबै फोहोर सफा गर्ने प्रतिबद्धता जनाएका बालेनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने सकेका छैनन् । “ गर्न न सक्ने कामलाई हुदैन भन्नु पर्छ , हाम्रो आशाबाट खेल्नु हुदैन् ।” स्थानिय भन्छन् । स्थानियका अनुसार काठमाण्डौंको स्थिति पहिला भन्दा नि खराब हुन थालिएको छ । “पहिला फोहोर लिन गाडी आउथ्यो अब आउदैन् । भएभरका सबै फोहोर महिनौ देखि घरमै थुपारेर राखेको छु । फोहोर कुहिन थालेको छ । अदि फोहोर लिन गाडी आएन भने फोहोरबाटनै हामी बिरामी...
असार १ देखी कार्यालयको नयाँ समयतालिका

असार १ देखी कार्यालयको नयाँ समयतालिका

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । भोली असार १ गते । असार १ गते देखि लागु हुने गरि सरकारले नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो । जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजे...
महताबद्धारा जेलबाटै सांसद प्रत्यासी किरणलाई ज्यान मार्ने साजिस

महताबद्धारा जेलबाटै सांसद प्रत्यासी किरणलाई ज्यान मार्ने साजिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ३० जेठ, रौतहट । जेल भित्रबाट प्रत्यासी सांसद किरण साहलाई सिध्याउने साजिस भइरहेको रहस्य बाहिरिएको छ । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने साजिस गरि रहेको तथ्य बाहिरिएको छ । रौतहट कारागार भित्रैबाट बमकाण्डका अभियुक्त मो. महताब आलमले नेकपा एमाले पार्टी नेपालका क्षेत्र नं.२ सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने रहस्य छोटेलाल साह, नन्दु साह र सुरेन्द्र बैठाको मार्फतबाट बाहिरिएको हो । “आफुलाई एउटा अंजान फोन आयो । फोन केहि दिन पहिलानै कारागारबाट रिहा भएका सुरेन्द्र बैठाले गरेका थिए । बमकाण्डमा नाम मुसिएका महताब आलमले मलाई मार्ने जाल बुनि रहेको थाहा पाउँदा थप बुझ्न कारागार पुगे । प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुना...
कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, ३० जेठ, रौतहट । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले एक कैदिलाई कुटपिट गरेको आरोप लागेको छ । कारागार भित्र बसी आफ्ना विपक्षी क्षेत्र नं.२ का प्रत्यासी सांसद किरण कुमार साहलाई सिध्याउने रहस्य बाहिरिए पछि महताब आलमले सजाय भोगी रहेका एक कैदीलाई कुटपिट गरेका हुन् । मधेश प्रदेशको नामचिन जिल्ला रौतहट । जहाँ एकपछि अर्को घटनाहरुको उदाहरण फलामफाल छ । चाहे त्यो आन्दोलन होस् या व्यक्ति प्रतिको घटना तर घटना जुन भएपनि रौतहट चर्चामा आउन पछि परेको छैन् । मधेश आन्दोलन देखि धेरै चर्चामा आएको रौतहट जिल्ला अझै चर्चा बटुल्दै गएको छ । त्यस्तै निकै चर्चा र रौतहटको इतिहासमा लेखिने बिषय राजपुर बमकाण्ड पनि हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्...
मेयर बालेनद्धारा सुनको धाराबाट पानी झार्ने घोषणा

मेयर बालेनद्धारा सुनको धाराबाट पानी झार्ने घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २९ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित सुनको धाराबाट पानी झार्ने घोषणा गर्नुभएको छ । शनिबार दिउँसो धराहरा क्षेत्रको अनुगमन र निरीक्षणपछि मेयर शाहले सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिनुभएको हो । उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताउनुभयो । संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देशन समेत दिनुभएको छ । केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको हो । मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताउनुभयो । शाहले टुँडिखेलबाट पानी ल्याउने कुराबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भए...
चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, २८ जेठ, रौतहट । आज रौतहटको चन्द्रपुरमा व्यापक राहत वितरण कार्यक्रम विधिगतरुपले सम्पन्न भएको छ ।टेवा नेपालको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिका वडा ४ मा खाधान्न समाग्री वितरण भएको छ । आजको राहत वितरण कार्यक्रम महिला सुरक्षा दवाव समुहले आयोजना गरेका थिए । कोभिड–१९ को सन्दर्भमा सामुदायिक जालो र नारीवादी आन्दोलनको सृदृढीकरण अन्र्तगत व्यापक राहत वितरण गरिएको हो । टेवा को आर्थिक सहयोग र महिला सुरक्षा दवाव समूह चन्द्रपुर ४ रौतहटको संयोजकत्वमा चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुका दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगी गरी जम्मा २३ जनालाई खाधान्न, भाडाँकुडी, मोबाइल सेट, ग्याँस चुल्ला, बीउविजनहरु वितरण गरिएको हो । “दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगीले व्योह्र्नु पर्ने समस्यहरुलाई पूर्ण गरेर टेवा नेपाल र ...
पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । काठमाडौं उपत्यकामा आज बिहान २ः३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।...