Friday, October 30
Shadow

banner-news-1

For top banner

नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो । मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डार...
बोरा भित्र शव फेला

बोरा भित्र शव फेला

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १३ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो। ‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने। करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। शवलाई धरान लगिएको छ।  ...
नवनियुक्त मन्त्रीहरुको आज शपथ

नवनियुक्त मन्त्रीहरुको आज शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । देउवाले आइतबार साँझ काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।...
पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार,धनकुटा । पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो । पोखरीमा पौडि खेल्ने क्रममा धनकुटा नगरपालिका-५ का १५ वर्षिय स्वर्णीम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडि खेल्ने क्रममा पोखरीमा डुबेर दुवैजनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णीम र उदयसँगै गएका धनकुटा नगरपालिका-५ का सन्देश राई भने सकुशल रहेका छन् । घरबाट बिहान ६ बजे निस्केर ११ बजे पोखरीमा पुगेको र पौडि खेल्ने क्रममा हराएपछि नजिकै वस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो । -नेपाल टेलिभिजन...
पेट्रोलको मूल्य २० रुपैयाले घट्यो

पेट्रोलको मूल्य २० रुपैयाले घट्यो

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, ११ शनिवार, असार । काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटाइ...
प्रहरी महानिरीक्षक सिंहद्धारा विभिन्न कार्यालयको निरिक्षण

प्रहरी महानिरीक्षक सिंहद्धारा विभिन्न कार्यालयको निरिक्षण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ असार, रौतहट । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गर्नुभएको छ । केनाइन कार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘निरीक्षणको उद्...
जनपद तर्फका १७ एसएसपी बढुवा भइ डिआईजी बने (सुची सहित)

जनपद तर्फका १७ एसएसपी बढुवा भइ डिआईजी बने (सुची सहित)

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १० शुक्रवार, असार । नेपाल प्रहरी जनपद समूह तर्फका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) को बढुवा भएको छ । गृह मन्त्रालयले बुधवार विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरिक्षक पदबाट प्रहरी नायव महानिरिक्षक(डिआइजी) पदका लागि १७ जनाको बढुवा भएको जानकारी दिएका छन् । बढुवा हुनेमा ७५.६९०५ नम्बर प्राप्त गरेका बसन्त बहादुर कुवंर रहेका छन् । त्यस्तै, ७५.४७९२ अंक प्राप्त गरेका टेक प्रसाद राई रहेका छन् । सुची : सुुची हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।...
प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ बिहिवार, असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको छ । सो निरीक्षणको क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गर्नुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत ता...
पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलमा एक नेपालीको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ असार, रौतहट । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो। शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए। उनको शव नेपाल पठाउने तयारी भइरहेको छ। बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए। गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो।...
पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ असार, रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले भारी वृद्धी गरेको छ । यो वृद्धि हालसम्मकै भारी वृद्धि हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।...