Friday, October 30
Shadow

banner-news-1

For top banner

कांग्रेसका प्रभावशाली नेता गिरीको निधन

कांग्रेसका प्रभावशाली नेता गिरीको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,५ भदाै, राैतहट । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको निधन भएको छ । उनकाे अन्त्यष्टी आजै गरिने भएको छ । स्वास्थ्य अवस्था जटिल रहेको गिरीकाे उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका हाे ‌ कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसा्र गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ । त्यसपछि विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।...
करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ भदाै, राैतहट । गए राति करेन्ट लागेर राैतहटका एक जनाकाे मृत्यु भएको छ। शनिबार राती करिब १ बजे विधुतिय मोटर संचालन गर्ने क्रममा घाइते भएका एक जनाकाे उपचारकाे क्रममा आज बिहान ज्यान गएको हो। मृत्यु हुनेमा मौलापुर नगरपालिका- ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको रहेको प्रहरीले जनाएको छ। रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु आईतबार विहान करिब २ तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ ।...
पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले सचतक नेपाललाई बताएका छन्। एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। "जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने" एसपी बुढामगरले भने । कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् । जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे ।...
जनकपुरधाम: झडपमा पक्राउ परेका ९ जना रिहा

जनकपुरधाम: झडपमा पक्राउ परेका ९ जना रिहा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर संवाददाता,४ भदाै, जनकपुरधाम । जनकपुरधाममा झडप पछि पक्राउ परेका ९ जनालाई प्रहरीले रिहा गरेको छ ।कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको थियो ।शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई साँझमा जनकपुरधाम- ७ का पुर्व वडाअध्यक्ष जानकी राम साह,युवा नेता सुशिल कर्ण तथा सरोज मिश्र लगायतका पहलमा जिल्ला प्रहरी कार्यालय धनुषाले छोडेको हो ।जानकी चोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको थियो । नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा भनाभन भई झडप भएको थियो ।झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएक...
बाँके केन्द्रबिन्दु भएर भुकम्प

बाँके केन्द्रबिन्दु भएर भुकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ,४ भदाै, बाँके । बाँकेको हात्तीसार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान १ बजेर २८ मिनेटमा बाँकेको हात्तीसार आसपास केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प गएको हो ।यो गोरखा भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।...
भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,४ भदाै, राैतहट । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ।अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ। वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो। देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन्।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्प...
राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२ भदाै, राैतहट। आज बिहान चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएका थिए जसमध्ये ३ जनाकाे मृत्यु अस्पतालमा लगेपछि भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचा...
सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१ भदाै, राैतहट । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
रौतहटबाट माधव नेपाल चुनाव लड्ने

रौतहटबाट माधव नेपाल चुनाव लड्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, १ भदौ, रौतहट । आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ । चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ । एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १...
निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,३१ श्रावन, राैतहट । निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।संघको सातौ साधारण सभामा भएको निर्वाचनमा  अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै  उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश...