Wednesday, October 28
Shadow

banner-news-1

For top banner

समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टीकाे भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला स्तरीय युवा भेला कार्यक्रम मंगलबार सम्पन्न भएको छ। राैतहट जिल्लाको सदरमुकाम गाैर स्थित उद्याेग वाणिज्य संघकाे सभा हलमा आयाेजित जिल्ला स्तरीय युवा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संघका जिल्ला सचिवकाे अध्यक्षतामा उक्त कार्यक्रम सफल भएको हाे। भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला कार्यसमिति ४५ सदस्य गठ्न गरी खुल्ला सत्र सम्पन्न भएको थियो। बन्द सत्र यही आज हुने तय गरिएको हाे। उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, विधायक शाेभा साह , जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, ललन यादव,कमलेश यादव, पुनप्रताप यादव लगायतका व्यक्तिहरुकाे सहभागिता रहेको थियो।...
प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - प्रेस मन्च नेपालकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला बार एसोसिएसन गाैर राैतहटकाे सभाहलमा कार्यसमिति चयन गरि प्रथम अधिवेशन सम्पन्न भएको हाे। साेमबार प्रेस मन्च नेपाल जिल्ला कार्यसमिति राैतहटले आयाेजना गरेको जिल्ला अधिवेशन विधिवत रूपमा सम्पन्न भएको हाे । अधिवेशनबाट प्रेस मन्च नेपाल राैतहटकाे अध्यक्षमा पदमा किशाेरी यादव, उपाध्यक्षमा रश्मी पटेल, माे.माेजिउल्लाह,अरबिन्द यादव, ओमप्रकाश यादव, राज नारायण पटेल, सचिवमा चन्दन महताे, सहसचिवमा श्रीकान्त यादव,दिपक कुमार, काेषाध्यक्षमा प्रेम यादव , सदस्यमा भुषण सिंह, प्रियंका सिंह, प्रदिप यादव,जितन हलचल, राजन साह कलवार लगायतकाे कार्य समिति गठन गरिएको छ । कार्यक्रममा पुर्व विधायक रामकिशोरी यादव, विधायक साेभा साह, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, प्रेस मन्च नेपालकाे केन्द्रीय सदस्य रविन्द्र साह , प्रदेश अध्यक्ष अमेन्द्र य...
दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख. ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको हो।यस्तै प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुको पहिचान खुलेको छैन्।घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको बताइएको छ।...
नेपाल प्रहरीकाे आइजीपीका रुपमा बसन्त कुँवर नियुक्त

नेपाल प्रहरीकाे आइजीपीका रुपमा बसन्त कुँवर नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी ...
आजै बिदा हुदै आइजीपी धिरज प्रताप सिंह

आजै बिदा हुदै आइजीपी धिरज प्रताप सिंह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डाै - नेपाल प्रहरीकाे सर्बाेच्च पद प्रहरी महानिरीक्षकसम्मकाे जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेर  ३० वर्षे सेवा अवधिका कारण आइजीपी धिरज प्रताप सिंह आजै विदा हुने औपचारिक कार्यक्रम रहेकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, २०७९ चैत १० गते शुक्रवार अपरान्ह ४ बजे विशेष विदाइ कार्यक्रम तय गरिएकाे ।आइजीपीकाे जिम्मेवारी हाेस् वा  जुनसुकै पदकाे जिम्मेवारी किन नहाेस् निर्वाह गर्दा प्रहरी अनुशासन, व्यवसायिक मर्यादामा रहेर राष्ट्र, संगठनप्रति बफादार रहेर विवादमा नपरी आइजीपी पदमा लगभग ११ महिना कार्यसम्पादन गरेर विदा हुन लागेका हुन् ।नेपाल सरकारले २०७९ वैशाख १८ गते एआइजीपी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीकाे आइजीपी पदमा नियुक्त गरेकाे थियाे ।प्रचण्ड नेतृत्वकाे सरकारले आइजीपी धिरज प्रताप सिंहकाे उत्तराधिकारी नियुक्त नगरेकाले वरिष्ठ एआइजीपी डा. आशा सिंहलाई निमित्त आइजीपीकाे जिम्मेवारी हस्ता...
रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। आइतबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सचेतक सन्तोष परियारले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। उनलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिने तयारी गरेका छन्।यसअघि आजै नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।...
पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए।प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेको बताइन्छ। मन्त्रालय विभाजन विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ढ...
विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
वीरगञ्ज । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फेटा गाउँपालिका–१ भलुहीका स्थानीय सुरज कुमार दास रहेका छन् ।बाराको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा ४ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा बिवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडीबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।राजकरणलाई घाइते बनाएपछि सुरज भागेका थिए। घाइते राजकरण दासलाई उपचारको लागि पठाएर प्रहरीले सुरजको खोजी गरिरहेको थियो ।...
छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा

छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - छोराको हत्या भएको ७ महिना बितिसक्दा समेत प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवाका कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै मृतकका आमा बुबाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय गौरको अगाडि नै आमरण अनशन बस्ने बताएका छन्।न्याय पाउनको लागि आफूहरुको ज्यान गए पनि आफूहरु लडिरहने मृतकका मातापिताले संचारकर्मीहरुसित बताएका छन् । छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि दिनहुँ लगभग ६ महिनादेखि जिल्ला प्रहरी कार्यालय गौरमा धाइरहेको मृतकका ६० वर्षीय बुबा कृष्ण यादवले बताएका छन्।मृतकका बुबाका अनुसार छोराको गाउँकै एकजना केटीसँग प्रेम भएको थियो । त्यो केटीले मोबाइलमा फोन गरि सुनसरी जिल्लाक...
बिहेकाे प्रलाेभन दिई १५ लाख ठगी गर्ने एक युवती पक्राउ

बिहेकाे प्रलाेभन दिई १५ लाख ठगी गर्ने एक युवती पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
ललितपुर - अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली विशुंखे छिन्।उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्रयांकलिन पाउल रहेको र नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने भन्दै १५ लाख २० हजार रुपैयाँ ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।इंग्ल्याण्डका पुरुषको नाममा टिकटक आईडी बनाएर उनले नेपाली युवतीलाई नै ठगी गरेकी हुन्।विशुंखेले पीडितलाई तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरू ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ।उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठ...