विद्युतीय असावधानीका कारण ७ जनाको मृत्यु
सच तक नेपाल डेस्क,
१४ जेठ, रौतहट। देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन ।
बाराका गाउँ बस्तीमा विद्युतीय असावधानीका कारण ज्यान जानेको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष मात्र विद्युतीय करेन्ट लागेर सात जनाले ज्यान गुमाइसकेका छन् । सिँचाइ र खानेपानीका लागि मोटर चलाउने क्रममा असावधानीका कारण करेन्ट लागेर यस्ता घटना हुने गरेका छन् ।
महागढीमाई नगरपालिका–८, बेतौनाका ३२ वर्षीय श्यामबाबु साहको शौचपछि सफाइका लागि खेतमा जाँदा करेन्ट लागी मृत्यु भएको थियो । खेतमा सिँचाइका लागि जडान गरिएको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भइरहेको अ...









