अझै टुंगो लागेन एसका नयाँ मन्त्रीको सपथ
सच तक नेपाल डेस्क,
२३ जेठ, रौतहट । नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने/नहुने टुंगो भइसकेको छैन।
आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको बताइए पनि बालुवाटार स्रोतले नयाँ मन्त्रीको नाम प्राप्त भइनसकेको बताएको छ।
‘माधव नेपालले मौखिक रूपमा प्रधानमन्त्रीलाई पार्टीका मन्त्री फेर्न लागेको जानकारी दिनुभएको थियो तर लिखित रूपमा अहिलेसम्म जानकारी आएको छैन,’ बालुवाटार स्रोतले भन्यो।
पार्टीको औपचारिक पत्र आएपछि प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपतिलाई गर्नेछन्। राष्ट्रपतिले मन्त्री नियुक्त गरेपछि सपथ समारोह आयोजना हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार बिहान साढे १० बजेसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै सिफारिस नआएको बता...









