नेकपा एसका अध्यक्ष नेपालद्वारा गाैरमा सभाहल, विवाह मण्डप लगायत अन्य परियोजनाहरुकाे शिलान्यास
सचतक नेपाल डेस्क,१६ श्रावन, राैतहट । राैतहटकाे सदरमुकाम गाैरमा शहरी विकास मन्त्रालयद्धारा नगरपालिकामा ४० करोड भन्दा बढि रकमबाट निर्माण हुने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहितका परियोजनाहरुको एक समारोहका विच सोमवार नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शिलान्यास गरेका छन् ।शहरी विकास मन्त्रालयद्धारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका वडा नम्वर २ मा करिव २० करोडको लागतमा ३०० क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सिया निर्माण हुने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले आज संयुक्त रुपमा शिलान्यास गरेको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी अध्यक्ष नेपालले विकासको दृष्टिकोर्णबाट धेरै पछाडी परेको रौतहट जिल्लामा विकासको सुनामी ल्याएर देशमै विकसित जिल्ला...









