Thursday, April 16
Shadow

विवाह लगत्तै किन अस्पताल भर्ना भइन् नीता ढुंगाना?

सचतक नेपाल,
केही साताअघि मात्रै विवाह गरेकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। पारिवारिक स्रोतकाअनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।नीतालाई आइतबार दिउँसो पेट दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको हो।

आइतबार दिउँसो लाजिम्पाटमा खुल्न लागेको म्यूम ब्युटि पार्लरको उद्घाटनमा जान लागेकी नीताको अचानक पेट दुख्न थालेपछि अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। अस्पताल लगेपछि भने उनलाई एपेन्डिसाइटिस भएको पुष्टि भएको छ।नीताले केही साताअघि मात्रै युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी थिइन्। नीता र हरिहरको जोडी हाल आफूहरुको प्रस्तुती रहेको फिल्म ‘ह्रस्वदीर्घ’को तयारीमा लागिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *