Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२‌‌ भाद्र, राैतहट । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ ।प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो ।सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रे...
अझै रासायनिक मलकाे अभावमा किसान

अझै रासायनिक मलकाे अभावमा किसान

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल नयूज डेस्क,२२ भाद्र, लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् ।...
क्रिकेटर लामिछानेविरुद्ध बालिका जबरजस्ती करणीको उजुरी

क्रिकेटर लामिछानेविरुद्ध बालिका जबरजस्ती करणीको उजुरी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २२ भदौं, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । सन्दीपविरुद्ध हिजो मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई प्रभावमा पारेर जबरजस्ती करणी गरेको उजुरी परेको हो । उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् । प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । मंगलबार अबेर उजुरी परेकाले उनीविरुद्ध पक...
बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय<br>

बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको ...
अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क,२१ भदाै, राैतहट । नेपाल प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले अवकाश पाउने भएसंगै थप एक पद रिक्त भएको छ । बुधबारदेखि एआइजी आचार्यले अवकाश पाउँदैछन् ।नेपाल प्रहरीमा थप १ एआइजीकाे पद रिक्त भएसंगै बढुवाको चलखेल बढेको छ । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । यसअघि विश्वराज पोखरेलको अवकाशसँगै एक पद रिक्त भइसकेको छ । पदपुर्तिका लागि एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोतले जनाएको छ । आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । सम्भावनामा वसन्त कुँवर, टेकप्रसाद राई,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी लगायत छन् । फाइल ऐआइजीमा सफल व्यक्तित्व टेकप्रसाद राईलाई...
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

banner-news-1, ताजा-अपडेट, विचार
धर्मेन्द्र कुमार साह, पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ । बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सोह...
पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २१ भदौं, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पाँच वर्षमा जनताका काम गर्न नसेको स्वीकार गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् । अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ...
नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल न्यूज डेस्क, २० भदौं,रौतहट। कोलिन्स ओबुयाले ८४ रन बनाएपछि केन्याले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य पेस गरेको छ । केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको हो । केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाए । ओबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । लुकास ओलुओचले अविजित ५९ रन बनाए । सुकदीप सिंहले ३७ रन जोडे । इमानुयल बुन्डीले २३ रन बनाए । कप्तान एनगोचेले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक एक विकेट लिए । रोहितकुमार पौडेलको कप्तानीमा खेलेको नेपालले तीन खेलको एकदिवसीय शृंखला...
सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२० भदाै, सर्लाही- सर्लाही क्षेत्र नं ४ का सांसद मा. डा. अमरेश कुमार सिंहलाई नेपाली काँग्रेस पार्टीले निलम्बन गरेको छ। स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गरेकाे आराेपमा पार्टीले यस्ताे निर्माण गरेकाे हाे । अनुशासन समितीको २०७९/०३/०२ को निर्णय अनुसार पार्टीबाट निलम्बन गरिएको हाे । यस बिसयमा भन्ने केन्द्रलाई समेत बोदार्थ गरि सकिएको उल्लेख विज्ञप्तिमा उल्लेख छ ।महामन्त्री थापाकाे नाम सिफारिस :सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले बताए ।त्यस्त...
अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, बारा । बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।...