Friday, September 11
Shadow

Author: Jeetpur Khabar

संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ फाइल फोटो नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो ।आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो । गाेरखापत्र...
आज बाजुरा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस

आज बाजुरा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस

ताजा-अपडेट, मुख्य समाचार
बाजुरा - नेपालको बाजुरा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको एउटा शक्तिशाली भूकम्पको धक्का पश्चिम नेपाल र भारतका विभिन्न स्थान महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प लोकल म्याग्निट्यूडमा ५.९ मापन गरिएको छ। यसलाई मध्यम श्रेणीको भूकम्प मानिन्छ।स्थानीय समयानुसार उक्त भूकम्प दिउँसो २:४३ बजे गएको केन्द्रले जनाएको छ।भूकम्पबाट कहाँ कस्तो क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ। तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख अशोक सिंहका अनुसारबाजुरा जिल्लामा केही घर भत्किएको जानकारी प्राप्त भएको छ।उक्त भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले चर्चा गरिरहेका छन्।बिबिसी...
आइओएम विश्वविद्यालयका बिधार्थी र प्रहरीबीच झडप

आइओएम विश्वविद्यालयका बिधार्थी र प्रहरीबीच झडप

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ।मंगलबार उनीहरूबीच झडप भएको हो।आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो।आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए।...
सेटिङमा चल्दै सिडिओको सरुवा

सेटिङमा चल्दै सिडिओको सरुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ । दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ । काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा पर...
झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा । झापाको चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज(मंगलबार) बिहान झपाको कचनकवल गाउँपालिका-४ केचनासिथ्त एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु भइरहेको डिएसपी पाठकले बताए ।...
यु–१९ विश्वकप नेपाली क्रिकेट टोली घोषणा

यु–१९ विश्वकप नेपाली क्रिकेट टोली घोषणा

खेलकुद, ताजा-अपडेट
अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ । एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ । टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, रा...
लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् । जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।...
नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।...
ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ताजा-अपडेट, सूचना / प्रविधि
नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ।तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। एपमा उपलब्ध लाइसेन्स र ब्लुबुकको आधारमा सवारी चालक वा धनीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था नभएकाले यसलाई मान्यता नदिएको ट्राफिक प्रहरीको भनाइ छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र , सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था छ।सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चाल...
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्। घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन्। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए।...