Friday, April 17
Shadow

Tag: hospital

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ । प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ । भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने ...
‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी भेटाैला कार्यक्रम सम्पन्न भएको हाे । प्रादेशिक अस्पतालमा कार्यरत ४ जनाकाे सरुवा भएपछि अस्पतालका व्यवस्थापन समितिले उक्त स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप बिदाई कार्यक्रमकाे आयाेजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो। कार्यक्रममा मन्तव्य राख्दै बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी भावुक हुँदै दुई वर्षकाे अनुभव जिन्दगीभरीका सम्झना भएर बस्ने बताइन् । कार्यक्रम आयाेजक र सम्पुर्ण अस्पताल टाेलीलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् । बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी , स्टाफ नर्स पिन्की साह, सहायक फर्मासिस्ट धिरेन्द्र प्रसाद गुप्ता, स्टाफ नर्स लक्ष्मी राेकायालाई फुलमाला, दाेसल्...
भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२३ भाद्र, भेरी । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो ।...