Monday, July 27
Shadow

Tag: court

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
गाैर - रौतहटको सदरमुकाम गौरमा आज समुदायमा मुख्य न्यायधिबक्ता संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।मधेस प्रदेशका मुख्य न्यायधिबक्ताको कार्यालय जनकपुरको आयोजना तथा मधेश प्रदेशका मुख्य न्यायधिबक्ता बिरेन्द्र कुमार ठाकुरको सभापतित्व र रौतहट जिल्ला अदालतका माननीय न्यायाधीश मात्रिका प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रौतहटका कानुनी सहायता अधिकृत रतिश कान्त झाले उदघोषण गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक बिर बहादुर बुढा मगर, बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साह, जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्की, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, कानुन व्यवसायीहरु लगायत पत्रकार, बुद्धिजीवी सहित सैकडौकों सहभागितामा संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।...
बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश खेल्न जान पाउनुपर्ने माग गर्दै दागर गरेको मुद्दामा बहस सुरु भएको छ । सन्दीपका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि सर्वोच्च अदालतको बन्द इजलाशमा बहस सुरु भएको हो । सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु गरिएको छ । सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुरावेदन गरेको छ । यता सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । यी दुबै निवेदनमाथि बहस सुरु भएको हो ।...
लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् । जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।...