Sunday, May 31
Shadow

Tag: dpo rautahat

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, गौर – डाँका चोरी र ज्यानमार्ने उद्योगमा फरार दुई जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका–२ स्थित लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी दिनुभयो । उनका अनुसार फरार अभियुक्त जिल्ला रौतहट गौर नगरपालिका ५ कोइरीयाटोल बस्ने लालकिशोर यादवको छोरा अन्दाजी १९ वर्षीय राहुल यादव र अर्को गौर नगरपालिका ४ बस्ने जुगा राय यादवको अन्दाजी १९ वर्षीय छाेरा रवि यादव रहेका थिए । बुधवार करिब ३ बजे रौतहट प्रहरीले सर्च अप्रेशन गर्दै जाँदा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयबाट कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात कटिएर घाइते भएको ...
प्रहरी कर्मचारी र थुनुवाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविरकाे आयाेजना

प्रहरी कर्मचारी र थुनुवाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविरकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - सुरक्षाका लागि दिनरात खटिएका प्रहरी कर्मचारी र थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि प्रहरी कार्यालय राैतहटले नि:शुल्क शिविरकाे आयाेजना गरेकाे छ । फाइल फोटो बढ्दै गएको चिसाेयाममा जिल्लाकाे विभिन्न ठाउँमा कार्यरत प्रहरी कर्मचारी र कैदमा रहेका थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि आज जिल्ला प्रहरी कार्यालय राैतहटकाे प्रांगणमा एकदिने शिविर आयोजना भएको हो । प्रहरी कार्यालय राैतहट र समुदाय प्रहरी सेवा केन्द्र गाैरले साे स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे हाे । फाइल फोटो प्रादेशिक अस्पताल गाैरका स्वास्थ्य कर्मचारीहरुले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए। फाइल फोटो साे शिविरमा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, प्रहरी निरीक्षक दिनेश बहादुर कुवंर, प्रहरी निरीक्षक राकेश राइ , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही साथै ट्राफिक प्र...
धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले एक पछि अर्काे फरार प्रतिवादीहरुलाई‌ पक्राउ गर्दै छन् । प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय राैतहटकाे एक बिज्ञप्ति अनुसार शनिबार देखि आइतबार सम्म‌ प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राऊ गरेकाे छ। पक्राउ पर्नेमा चोरी मुद्दामा समानित रौतहट जिल्ला अदालतबाट २०७२ साल भदौ १० गते फैसला भएको लगत नं.१४०८ का फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने लखिन्द्र ठाकुर हजाम , सवारी ज्यान मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने शिव बिश्वकर्मा , वन मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने खजान्ती साह कानु र ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी वस्ने समरुल मियाँ दर्जी रहेकाे ज...
गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । ईण्डियन बाण्डेड बाेरामा लाेकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालाेबजारीलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ। राैतहटकाे सदरमुकाम गाैरमा रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएकाे स्थानीय र ग्राहकहरुकाे भनाई छ ‌। प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताकाे चामल पसलमा छापामारी गरेकाे थियाे । फाइल फोटो छापामारीकाे क्रममा प्रहरीले निज गुप्ताकाे पसलबाट लाेकल खुला चामल ५० बाेरा, २९२ बाेरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बाेरा र बाेरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल (डिएसपी)ले सचतक नेपाललाई जानकारी दिए । फाइल फोटो बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज रा...
रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १३ भदौं, रौतहट । रौतहट प्रहरीले आज (सोमबार) विशेष सूचनाको आधारमा २०४ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ उक्त गाँजा छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । प्रहरी टोलीले उक्त लागु औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान कार्य भइरहको प्रवक्ता मल्लले जनाएको छ ।...
राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ भदाै, राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ‌।प्रहरी टोलीले रौतहटकाे वौधीमाई नगरपालिका-८ बंकुल बजार स्थित बिआर ०५ वाई ४३३२ नम्बरकाे माेटरसाइकलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन्। औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध एम्पुल बरामद भएको हाे । उनीहरुबाट डाईजोपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्...