Tuesday, July 28
Shadow

Tag: Sachtak

सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भाद्र, राैतहट । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले बुधबार सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्ने क्यान अध्यक्ष चतुरबहादुर चतुरबहादुर चन्दले बताएका छन् । बलात्कार आरोप लागेकाले सम्भवतः क्यान बैठकले बुधबार उनलाई तत्काल निलम्बनमा राख्ने निर्णय गर्ने जनाइएको छ ।सन्दीपविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्। ५ भदौमा सन्दीपले गौशालस्थित एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको आरोप उजुरीमा छ ।अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरी...
निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२‌‌ भाद्र, राैतहट । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ ।प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो ।सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रे...
अझै रासायनिक मलकाे अभावमा किसान

अझै रासायनिक मलकाे अभावमा किसान

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल नयूज डेस्क,२२ भाद्र, लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् ।...
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

banner-news-1, ताजा-अपडेट, विचार
धर्मेन्द्र कुमार साह, पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ । बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सोह...
पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २१ भदौं, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पाँच वर्षमा जनताका काम गर्न नसेको स्वीकार गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् । अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ...
कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्...
जनकपुर: आरकेस्ट्रा बन्द गराउन जाँदा प्रहरीमाथि नै हमला

जनकपुर: आरकेस्ट्रा बन्द गराउन जाँदा प्रहरीमाथि नै हमला

banner-news-1, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका २२ मा बिहीवार राति भइरहेको आरकेस्ट्रा कार्यक्रम बन्द गराउन पुगेका प्रहरी र दर्शकबीच झडप भएको छ ।झडपमा प्रहरी हबल्दार सुजित कुमार झा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।हिन्दी र भोजपुरी अश्लिल गितमा केटी नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो । कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको बताइएको छ ।‘सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गितमा लेडिज नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले भने, ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालियो । सो क्रममा प्रहरी हवलदार घाइते भएका छन् ।’डिएसपी ...
श्रीमान श्रीमती मृत अवस्थामा फेला

श्रीमान श्रीमती मृत अवस्थामा फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । रोल्पामा दम्पती(श्रीमान-श्रीमती) मृत फेला परेका छन् ।बिहीबार जिल्लाको माडी गाँउपालिका वडा नं ३ तालाबाङमा काटिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।प्रहरीका अनुसार मृतक परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती हुन् ।घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।...
मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८१ दिन बाँकी छ ।प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिए ।निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जान...
सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । मंसिर ४ को निर्वाचनका लागि सिट संख्यालाई लिएर आज नेपाली कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ। आज बेलुका गठबन्धनको बैठक तोकिएसँगै त्योभन्दा पहिले नै कांग्रेस नेताहरूको बैठक बस्न लागेको हो।अहिले बिहान ९ बजे बालुवाटारमा बैठक बस्‍न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। आज सिट बाँडफाँट मिलाउने गठबन्धनको तयारी छ। सिट बाँडफाँटका लागि कार्यदल समितिको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समिति बनेको छ। तर दलहरूले आ-आफ्नो दावी नछाडेपछि बाँडफाँटमा समस्या भएको छ।हालसम्म कांग्रेस १०० सिट, माओवादी केन्द्र ६०, एकीकृत-समाजवादी पार्टी ३० सिट पाउनु पर्ने दावी गर्दै आएका छन्।...