Tuesday, October 27
Shadow

Tag: rautahat

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट जिल्लाकाे सदरमुकाम स्थित गाैर नगरपालिका-३ मा करिब १०० लामाे बाटाे वर्षाै देखि अलपत्र अवस्थामा रहेको छ । वर्षाै देखि बाटाे नबनेकाे कारण वडा नं ३ का स्थानीयबासी पिडित बनेका हुन् । सदरमुकाम गौरकाे मुख्य चाेक बिपिचाेक काे दक्षिण तर्फ अवस्थित करिब १०० मिटर बाटाे बर्षाै देखि अलपत्र अवस्थामा रहेको छ। अलपत्र अवस्थामा रहेको उक्त बाटाे र ढल समेतकाे निकास नभएको कारण त्यहाँका बासीहरु एक आपसमा झैझगडाकाे विवाद समेत खेप्नु परेकाे हाे । स्थानीय निकायले समेत चासाे नदिँदा स्थानीयहरु पिडित बनेका छन्। गौर नगरपालिका ३ स्थित चन्देश्वर राउतको घर अगाडि वर्षाै देखि दुबै तर्फबाट बाटो सडक मिचेर घर बनाएको कारण सडक सांगुरो भएर अबरुद्ध भएको छ । सांगुरो भएकाे कारण आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाइ भएको छ ‌। यसरी अबरुद्ध गरिएको सडक कहिले फराकिलो हुनेछ र यहाँको विवाद समाधान हुने भनेर बासिन्दाहरु चिन्त...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌।...
गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । गाेली चलाएको प्रकरणमा प्रहरीले रौतहटको गढिमाईबाट १६ जनालाई हिरासतमा लिएको छ ।शनिबार बाटो विस्तार गर्ने क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । मृतक सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले सचतक नेपाललाई टेलिफोन सम्पर्क मार्फत‌ जानकारी दिनुभयो ।उनका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका छन् । एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।धोबिन...
गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बर्षाै देखि चलिरहेको महान्ता एसी रात्रीकालिन सेवा बसमा गएराति आगजनी भएको छ।‌नयाँ वर्ष २०८० काे प्रथम दिन हिजाे शुक्रबार काठमाडौंका लागि छुटेकाे बसमा आफै आगजनी भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गढवामा अवस्थित बसपार्कबाट बेलुकी करिब ७ बजे काठमाण्डौका लागि छुटेको गाडी मध्य बाटाे चितवनमा जलेर नष्ट भएको हाे ।प्रहरीका अनुसार जानमानकाे छती नभएपनि उक्त बसमा सवार यात्रुहरुकाे सर-समान समेत बससंगै जलेर नष्ट भएको छ ‌ । आगजनी कसरी भएको हाे भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ।...
राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

ताजा-अपडेट, मुख्य समाचार
राैतहट । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी शिव पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । उनी रौतहट जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् ।नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा विभूषित भएका हुन् । संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पूरी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्न सिफारिस भए अनुसार २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित दिईएक...
सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - केही साताअघि स्थानीय युवा नेता दिपक यादवले सुचानाकाे माँग गर्दै अन्सन गरेका थिए। सुचना पाउने सहमति पछि यादव अन्सन ताेडेका थिए । उक्त सुचना माँग गर्न दिपक यादव समेतका समुह गरुडा नगरपालिका पुगेका थिए । दिन मिल्ने सुचना आफु उपलब्ध गराउने र बाँकी गाेप्य सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले दिपक यादव समुहलाई भने जसपछि त्यहाँकाेे अवस्था झपडमा परिणत भयो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलि समेत चलाउनु परेको हाे ‌। प्रहरीकाे गाेली लागेर गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् । घाईते यादवलाई स्थानीय हेल्थ लैन्ड हस्पिटलमा उपचार सम्भव नहुदाँ थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ। घाइते स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागे...
ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट – नयाँ सरकार बनेसँगै मुलुकमा सुशासन, विकास र समृद्धिको आशा गरिए पनि त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गइरहेको छ । निर्वाचन सम्पन भएर नयाँ सरकार बनेको १ सय दिन बितिसक्दासमेत सरकारले अझै पूर्णता पाउन सकेको छैन । सय दिनलाई सरकारको मधुमासको अवधिका रुपमा लिने गरिन्छ र सोही अवधिका आधारमा समीक्षा गर्ने गरिन्छ । बडो दुःखका साथ भन्नुपर्छ, सरकारको सय दिन अत्यन्तै निराशाजनक देखिन्छ । यस अवधिमा सरकारले आमजनताले राहत पाउने खालका र जनजीविकाका पक्षमा एउटै पनि कार्यक्रम ल्याउन सकेको देखिएन । उल्टै जताततै भ्रष्टाचार र अनियमितताका विषयहरु आइरहेका छन् । अझै पछिल्लो समयमा सीमा नाकाबाट तस्करी हुने क्रम बढेका विषयहरु प्रि सार्वजनिक भइरहेका छन् । तस्करीमा रौतहट जिल्ला पनि कहाँ पछाडी छुटने छ र ? रौतहट मधेश प्रदेशको एक सिमावर्ती जिल्ला हो । भारतसँग जोडिएको गौर बैरगिनियाँ सिमा नाकामा तस्किरी भ...
सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - देशको कुनै पनि वन क्षेत्रमा पूर्वाधार र संरचना निर्माण गर्न केन्द्र सरकारसँग भोगाधिकार लिनुपर्छ । तर रौतहटको चन्द्रनिगाहपुरमा उक्त प्रावधान विपरीत हातेमालो सामुदायीक वन उपभोक्ता समितिले हुर्काउँदै गरेको सालको बोटहरू समेत मासेर पक्की संरचना निर्माण कार्य भइरहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको सामुदायीक बनको स्थानीय नर्सरीमा हुर्किरहेको सालको लाथ्राहरु नै मासेर वन भित्र सरकारी मापदण्ड विपरित पक्की संरचना बनाइरहेको पाइएको हो । चन्द्रपुर नगरपालिकाको योजनाको बजेट अन्तर्गतको रकम सहज रूपमा हजम गर्ने उदेश्यले बनको भित्री भू भागमा आरसीसी सहितको कम्पाउन्ड वाल उपभोक्ता समितिले बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटले पत्तो पाउन नसकेको आरोप चौतर्फी रूपमा रहेको छ । वन क्षेत्रभित्रै रहेको डाबरी पार्कको पूर्वाधार निर्माणको योजना भनिएको भएतापनि सरकारी नीति नियम नै मिचेर उ...
मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।उद्दार गरि ल्याईको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा आज (चैत १६ गते) ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको थियो । पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखन...
समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टीकाे भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला स्तरीय युवा भेला कार्यक्रम मंगलबार सम्पन्न भएको छ। राैतहट जिल्लाको सदरमुकाम गाैर स्थित उद्याेग वाणिज्य संघकाे सभा हलमा आयाेजित जिल्ला स्तरीय युवा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संघका जिल्ला सचिवकाे अध्यक्षतामा उक्त कार्यक्रम सफल भएको हाे। भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला कार्यसमिति ४५ सदस्य गठ्न गरी खुल्ला सत्र सम्पन्न भएको थियो। बन्द सत्र यही आज हुने तय गरिएको हाे। उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, विधायक शाेभा साह , जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, ललन यादव,कमलेश यादव, पुनप्रताप यादव लगायतका व्यक्तिहरुकाे सहभागिता रहेको थियो।...