Monday, July 27
Shadow

Tag: rautahat

दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप

दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - जिल्लाको एक नगरपालिकामा आज क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३( ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाका समर्थन र कार्यकर्ताहरुले दादागिरी शैलीमा मत माग्दै गरेकाे स्थानीयहरुले आराेप छ । बुधबार (आज ) करिब ३ बजे क्षेत्र नं ३ बाट सांसदका लागि उम्मेदवारी दिएका प्रभु साहकाे मत माग्न उनकी श्रीमति एवम् माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना साह साथै मेयर प्रेमलाल साह सहित अन्य कार्यकर्ताहरु देवाही गाेनाही नगरपालिका- ९ स्थित धरहरी पुगेका थिए । दुवै मेयर लगायत कुन्दन कुशवाहाको श्रीमति धरहरीकै स्थानीय स्वर्गीय शिक्षक सुनिल यादवको घर पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार प्रभुलाई र कुनै मत दिनुपर्छ भन्दै धम्काएका थिए । चर्क्राचर्की हुदै दुवैपक्ष बिच झपड भयाे । झपडकाे क्रममा ५ जना स्थानीय मतदाता घाइते भएका छन्। घाइते हुनेमा अजय यादव,सानोज यादव,मानिस यादव,रिकेश ...
राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट – जिल्लाको राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ मासटोल बस्ने १० वर्षिया अञ्जली कुमारी राम रहेकी छन्। सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट अन्जलिको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाले छैटौ नगरसभा बुधबार सम्पन्न गरेको छ ।फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ४९ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाकाे कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उद्घाटन गर्दै बजेट प्रस्तुत गरिएकी थिइन् । चालू आवका लागि कुल संशोधित बजेट ४९ करोड ४९ लाख ९९ हजार नगरसभाबाट स्वीकृती भएको छ । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु,उद्यमशील्ता तथा प्रवद्धन नीति,उद्योग तथा व्यापार निति,पर्यटन निति,सार्वजनिक निजि साझेदारी निति,समाजिक विकास नीति,स्वास्थ्य तथा पोषण नीति,महिला बालबालिका किशोर किशोरी,जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण निति, समाजिक विकास,सुरक्षा तथा संरक्षण नीति,सुचना तथा संचार निति,विपद् व्यवस्थापन नीति लगायतका दर्जनौं लोककल्य...
निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादवराैतहट। निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेश प्रदेश सरकारका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री माननिय याेगेन्द्र राय यादवले फुलमालासहित बधाई एवम् स्वागत गर्नुभएको छ। फाइल फोटो मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी कार्यालय गाैरमा प्रथम पटक आउनुभएको संघका अध्यक्ष ई.कृष्णदेव यादव , उपाध्यक्षसहितका पदाधिकारीहरुलाई मन्त्री यादवले फुलमालासाथ सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयाे । " निर्माण व्यवसायी संघका अध्यक्ष र पेशाले इन्जिनियर रहेका नवनिर्वाचित कृष्णदेव यादव लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुले नगर, जिल्ला र देश निर्माणमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्न आशासाथ बधाई ज्ञापन गर्दछु " कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री याेगेन्द्र राय यादवले भने । राज्यमन्त्री याेगेन्द्र राय यादव बिगतका‌ दिनमा निर्माण व्यवसायी सं...
पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले सचतक नेपाललाई बताएका छन्। एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। "जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने" एसपी बुढामगरले भने । कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् । जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे ।...
कुनै बेला रौतहट सदरमुकाम कटरवन

कुनै बेला रौतहट सदरमुकाम कटरवन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
धर्मेन्द्र कुमार साह ३० श्रवान , राैतहट । राजदेवी नगरपालिका रौतहट जिल्लाको सदरमुकाम गौर संग सिमाना जोडिएको नगरपालिका हो । गौर भन्दा करिब ५ किलो मिटर पुर्व उतरमा रहेको हालको राजदेवी नगरपालिकाको साविकको कटरवन जसलाई करवाना पनि भनिन्छ,ले आफ्नै ईतिहास बोकेको छ । कुनै बेला हालको रौतहटको मुख्य प्रशासनिक केन्द्र कटरवनमा रहेको कुरा नया पुस्ताको लागि अनौठो लाग्न सक्छ तर करिब ९ दसक पुर्व रौतहटको मुख्य प्रसाशनिक केन्द्र हालको राजदेवी नगरपालिकाबाटै संचालनमा रहेको थियो । विक्रम संवत २०१८ साल पुर्व रौतहट ,बारा र पर्साको एउटै प्रशासनिक केन्द्र रहेको बखत रौतहटको प्रसाशनिक केन्द्र तत्कालिन गाउ पंचायत कटरवनबनबाट संचालन हुदै आएको थियो । त्यो बेला बारा पर्सा र रौतहटको मुख्य प्रशासनिक कार्य बिरगंज गौडाबाट संचालन गरिन्थ्यो l तत्कालिन समयमा गौडाका मुख्य कर्मचारीलाई बडाहाकिम ( बडहाकिम) भन्ने गरिन्थ्यो ...
हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । तपाईको टाउकोमा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ। व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो। तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो। आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणक...
रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव १० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो । मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवा...
कछुवा…

कछुवा…

ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ । उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो। सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्। कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकत...
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
 सच तक नेपाल डेस्क, २ जेठ, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्या...