Sunday, October 25
Shadow

Tag: nepal police

मतदानकाे‌‌ सुरुवातमै राैतहटमा गाेली चल्याे ‌

मतदानकाे‌‌ सुरुवातमै राैतहटमा गाेली चल्याे ‌

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन आज बिहानैदेखि देशभर जारी छ। निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सुरु हुने क्रममा राैतहट जिल्लाको गुजरा नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा गोली चलेको छ। बाहिरकाे भिड नियन्त्रण गर्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। त्यस्तै गरुडा नगरपालिका अमरपट्टि मतदान केन्द्र मा २ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका ...
३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे एक नगरपालिकामा अलपत्र अवस्थामा रहेका भारतीय नागरिकहरुलाई राैतहट प्रहरीले उद्धार गरेको छ । राैतहटकाे परोहा नगरपालिका- ४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा केही भारतीय नागरिकहरु अलपत्र अवस्थामा रहेका थिए। भारत उत्तर प्रदेश जिल्ला समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थाबाट राैतहट प्रहरीले बुधबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। अलपत्र अवस्थामा रहेको सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरेकाे थियाे । उद्धार गरिएका नागरिकहरुलाई भारत बिहार जिल्ला सितामढी बैरगनिया स्थितमा रहेको एसएसबिको जिम्मा लगाइएकाे प्रहरीले जनाएको छ।...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ ...
सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।...
चाैबिस घण्टा नबित्दै प्रहरी निरीक्षक बस्यालकाे पहलमा चाेरी भएको स्कुटर फेला

चाैबिस घण्टा नबित्दै प्रहरी निरीक्षक बस्यालकाे पहलमा चाेरी भएको स्कुटर फेला

banner-news-1, ताजा-अपडेट
काठ्माण्डौ - गए राति चाेरी भएको स्कुटर आज प्रहरीले फेला पारेको छ। मंगलबार दिउँसो करिब १२ बजे काठ्माण्डौकाे‌ पुरानो बानेश्वरबाट चाेरी भएको स्कुटर आज कपनबाट प्रहरीले फेला पारेको छ ‌। चाैबिसै घण्टा नबित्दै प्रहरी निरीक्षक(इन्सपेक्टर) कृष्ण बस्यालकाे पहलमा बा ९५ प ४५६९ नम्बरकाे स्कुटर फेला‌ पारिएकाे हाे । प्रमाेद नारायण मिश्रकाे नाममा रहेकाे डिओ स्कुटर २४‌ घण्टा भित्र प्रहरीले फेला पारेको छ ।‌सवारी धनी स्कुटर पुनः पाएर हर्षित भएका हुन्। मिश्रले प्रहरी निरीक्षक कृष्ण बस्याललाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका हुन् । प्रहरी भनेकाे बस्याल जस्तो हुनुपर्ने सवारी धनी मिश्रले बताए। स्कुटर फेला परे‌सँगै सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ। चाेरी नियन्त्रण गर्न प्रहरीकाे अथक प्रयास जारी छ ।...
चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २६ भाद्र, रौतहट । प्रहरीले चन्द्रपुरमा गए राति करिब साढे ८ बजे सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको नाईट बसबाट रु.१७ लाख ७५ हजार ३९५ बराबरको मालसमानहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित अल्पाईन होटल अगाडीबाट उक्त मालसमान बरामद गरेको हो । काठमांडौतर्फ जाँदै गरेको ना.६ ख– १२३३ नं.को नाईट बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएका कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे अवस्थमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नि– सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएका छन् । बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागि आज (आइतबार) गौर भन्सार कार्यालयमा बुझ...
अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क,२१ भदाै, राैतहट । नेपाल प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले अवकाश पाउने भएसंगै थप एक पद रिक्त भएको छ । बुधबारदेखि एआइजी आचार्यले अवकाश पाउँदैछन् ।नेपाल प्रहरीमा थप १ एआइजीकाे पद रिक्त भएसंगै बढुवाको चलखेल बढेको छ । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । यसअघि विश्वराज पोखरेलको अवकाशसँगै एक पद रिक्त भइसकेको छ । पदपुर्तिका लागि एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोतले जनाएको छ । आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । सम्भावनामा वसन्त कुँवर, टेकप्रसाद राई,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी लगायत छन् । फाइल ऐआइजीमा सफल व्यक्तित्व टेकप्रसाद राईलाई...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१३ भदाै, राैतहट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जानुहुने भएको छ । इन्टरपोल बैठकमा भाग लिन उहाँहरु आज अमेरिका जान लाग्नुभएको हो । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।...
अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क९ भदाै, राैतहट । अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुनेगृह मन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गर्नुभयो । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रह...
पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले सचतक नेपाललाई बताएका छन्। एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। "जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने" एसपी बुढामगरले भने । कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् । जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे ।...