Thursday, April 16
Shadow

Tag: jaspa

जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यकारिणी समिति राैतहटका अध्यक्ष श्याम बिहारी राय यादवकाे अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकबाट कार्यकारिणी समितिका लागि ‌देवाही गोनाही नगरपालिका-८ का वडा अध्यक्ष बिजय पटेल सह-सचिवमा र यमुना नगरपालिका गाउँपालिकाकाे जयराम महताे सचिवमा नियुक्त भएका छन्। जसपा जिल्ला समन्वय समितिकाे रिक्त रहेकाे सचिव र सहसचिव पदमा सर्वसम्मत बाट दुवै जनालाई उक्त पदहरुकाे जिम्मेवारी दिइएको पार्टी अध्यक्ष श्याम बिहारी राय यादवले बताउनुभयो ‌ । बैठकमा अध्यक्ष श्याम बिहारी राय यादव, उपाध्यक्ष सनीमुल्लाह ,अमृत लाल चौधरी,श्रीमति रन्जु दास , उपसचिव जयराम‌ महताे, शम्भु प्रसाद यादव, दिनेश यादव, काेषाध्यक्षमा वृज माेहन साह, सदस्य अमरुल हक, संजीव कुमार यादव, बिश्वनाथ पटेल,ललन यादव,दिनेश यादव, लगायत अन्य कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो। ( प्र...
समाजवादी युवा संघ रौतहटकाे ४५ सदस्यीय तदर्थ समिती गठन

समाजवादी युवा संघ रौतहटकाे ४५ सदस्यीय तदर्थ समिती गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य एवं मधेश प्रदेशका पूर्व सांसद रामकिशोर यादवको प्रमुख आतिथ्य भएको समाजवादी युवा संघ नेपाल रौतहट जिल्ला स्तरीय युवा भेलाबाट पून प्रताप प्रसाद पटेलको नेतृत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरीय युवा भेला सदरमुकाम गौर स्थित रहेको रौतहट उधोग वाणिज्य संघको सभा हलमा चैत्र १४ गते मंगलबारका दिन पुन प्रताप प्रसाद पटेलको अध्यक्षतामा ४५ सदस्यीय समिती चयन भएको हो। जिल्ला स्तरीय युवा भेला समाजवादी युवा संघ रौतहटको जिल्ला सचिव संजिव कुमार यादवको अध्यक्षतामा भएको थियो ।युवा भेलामा विशिष्ट अतिथी जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य विश्वनाथ पटेल ,संघका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य राज्यमन्त्री योगेन्द्र राय यादव,अतिथि जसपा मधेश प्रदेस समिति सदस्य एवं मधेश प्रदेश सांसद श...
समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

समाजवादी युवा संघकाे जिल्ला स्तरीय भेला कार्यक्रम गाैरमा सम्पन्न, बन्द सत्र आज

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टीकाे भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला स्तरीय युवा भेला कार्यक्रम मंगलबार सम्पन्न भएको छ। राैतहट जिल्लाको सदरमुकाम गाैर स्थित उद्याेग वाणिज्य संघकाे सभा हलमा आयाेजित जिल्ला स्तरीय युवा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संघका जिल्ला सचिवकाे अध्यक्षतामा उक्त कार्यक्रम सफल भएको हाे। भातृसंगठन समाजवादी युवा संघकाे जिल्ला कार्यसमिति ४५ सदस्य गठ्न गरी खुल्ला सत्र सम्पन्न भएको थियो। बन्द सत्र यही आज हुने तय गरिएको हाे। उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, विधायक शाेभा साह , जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, ललन यादव,कमलेश यादव, पुनप्रताप यादव लगायतका व्यक्तिहरुकाे सहभागिता रहेको थियो।...
प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

प्रेस मन्च नेपाल राैतहटकाे प्रथम जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - प्रेस मन्च नेपालकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला बार एसोसिएसन गाैर राैतहटकाे सभाहलमा कार्यसमिति चयन गरि प्रथम अधिवेशन सम्पन्न भएको हाे। साेमबार प्रेस मन्च नेपाल जिल्ला कार्यसमिति राैतहटले आयाेजना गरेको जिल्ला अधिवेशन विधिवत रूपमा सम्पन्न भएको हाे । अधिवेशनबाट प्रेस मन्च नेपाल राैतहटकाे अध्यक्षमा पदमा किशाेरी यादव, उपाध्यक्षमा रश्मी पटेल, माे.माेजिउल्लाह,अरबिन्द यादव, ओमप्रकाश यादव, राज नारायण पटेल, सचिवमा चन्दन महताे, सहसचिवमा श्रीकान्त यादव,दिपक कुमार, काेषाध्यक्षमा प्रेम यादव , सदस्यमा भुषण सिंह, प्रियंका सिंह, प्रदिप यादव,जितन हलचल, राजन साह कलवार लगायतकाे कार्य समिति गठन गरिएको छ । कार्यक्रममा पुर्व विधायक रामकिशोरी यादव, विधायक साेभा साह, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, प्रेस मन्च नेपालकाे केन्द्रीय सदस्य रविन्द्र साह , प्रदेश अध्यक्ष अमेन्द्र य...
गठबन्धनबाट जसपाले यी सिट पाउने

गठबन्धनबाट जसपाले यी सिट पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ पाउने सहमति भएको छ ।जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।जनकपुर टुडे...