अनि रात सङ्ग डराउन थाल्छु….
धर्मेन्द्र कुमार साह
रौतहट । रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् । मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा पनि मेरा आखाहरु निदाएको छैन ।
रसाएका आँखा घरी रिसाउछ,घरी निराश हुन्छ अनि फेरि निदाउने प्रयास गर्दै करवट फेर्छ । भौतीक आँखा बन्द त हुन्छ तर मन भित्रको अन्तर द्वन्दले निदाउन दिदैन । उ सङ्ग कयौ प्रश्नहरु छन,कयौं जिज्ञासाहरु छन,तर न त ती प्रश्नहरु अभिब्यक्त हुन सकेको छ न त कोहि सुन्ने प्रयास गरेको छ । सायद यहि विवस्ता होला,चक्मन्न र निश्चल रात्रीम पनि न निदाउन पाएको छु न त चेतनामै ।
सुनसान प्रहरको अवाज भित्र म आफुलाई डोरयाउदै निद्राको आगोसमा जान चाहेको छु तर उज्यालो प्रहरमा ब्यतित पलहरु आँखा अगाडि घुम्न थाल्छन,कहिले रोमान्चित हुने गरि,कहिले आँखा रसाउने गरि।।दिन भरी थाकेको शरीर, मन...









