Monday, July 27
Shadow

अनि रात सङ्ग डराउन थाल्छु….

धर्मेन्द्र कुमार साह

रौतहट । रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् । मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा पनि मेरा आखाहरु निदाएको छैन ।

रसाएका आँखा घरी रिसाउछ,घरी निराश हुन्छ अनि फेरि निदाउने प्रयास गर्दै करवट फेर्छ । भौतीक आँखा बन्द त हुन्छ तर मन भित्रको अन्तर द्वन्दले निदाउन दिदैन । उ सङ्ग कयौ प्रश्नहरु छन,कयौं जिज्ञासाहरु छन,तर न त ती प्रश्नहरु अभिब्यक्त हुन सकेको छ न त कोहि सुन्ने प्रयास गरेको छ । सायद यहि विवस्ता होला,चक्मन्न र निश्चल रात्रीम पनि न निदाउन पाएको छु न त चेतनामै ।

सुनसान प्रहरको अवाज भित्र म आफुलाई डोरयाउदै निद्राको आगोसमा जान चाहेको छु तर उज्यालो प्रहरमा ब्यतित पलहरु आँखा अगाडि घुम्न थाल्छन,कहिले रोमान्चित हुने गरि,कहिले आँखा रसाउने गरि।।दिन भरी थाकेको शरीर, मन भित्रको बेदनाले सुस्ताउन पाएको छैन ।

भित्तामा झुन्डियाएको पुरानो देवाल घडिका सुईहरु बिस्तारै घुम्दै अगाडि बढ्दै छ। अनि मेरा मन भित्रका भावनाका ज्वाराहरु चरममा छन । सायद यो कसैलाई खोज्दै होलान् ।कोहि आफन्तलाई ,कोई आफ्नालाई । कयौ रात्री सम्म,कयौ रात्री देखी,प्रत्येक प्रहरमा एक अनुहारको खोजिमा छन । ती प्रहरहरुले कयौ अनुहारहरु खोजे पनि,अधुरा अपुरा,स्वार्थी ।

दिउसोको उज्यालोमा सधै ब्यस्त देखिने यी हृदय र मनहरु प्रत्येक सन्ध्या डराउन थाल्छन,आफ्नै सुन्दर रात्रीहरु बाट,आफ्नै सुन्दर सपनाहरु बाट,आफ्नै सुन्दर कल्पनाहरु बाट ।बर्सौ देखि निर्जिव बनेका ती आकन्क्षाहरु मेरा प्रत्येक सुन्दर रात्रीमा आउन खोज्छन, अनि ती सुन्दर रात्रीहरु मेरो लागि निर्जिव बन्न थाल्छन,म निराश हुन्छु,म रुन थाल्छु ।

मेरा रात्री प्रहरहरु मेरै लागि अबुझ पहेली बन्न थाल्छन् । म प्रत्येक सन्ध्या आफ्नै रात्री सङ्ग डराएको हुन्छु,म आफ्नो अतीत बाट भाग्न खोजिरहेको हुन्छु ।

सुनसान प्रहरमा आउने स्वभाविक सुन्दर सपनाबाट भाग्न खोज्छु तर भावनालाई रोक्न सकिन्छ र? अनि म रात सङ्ग डराउन थाल्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *