Thursday, September 17
Shadow

ताजा-अपडेट

राम–सिताको विवाह पञ्चमी मनाइँदै

राम–सिताको विवाह पञ्चमी मनाइँदै

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रत्येक वर्ष झै मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह स...
राष्ट्रिय सभा चुनावको उम्मेदवारी पुस २० गते दर्ता हुने

राष्ट्रिय सभा चुनावको उम्मेदवारी पुस २० गते दर्ता हुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ । साभार : अनलाइन खबर...
भक्तपुरमा १२ वर्षीय बालिका बलात्कृत

भक्तपुरमा १२ वर्षीय बालिका बलात्कृत

ताजा-अपडेट, मुख्य समाचार
भक्तपुर ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले जनाएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् । अन्य बालबालिकाहरु खेलेर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेको जनाइएको छ । आइतबार साढे ७ बजेतिर बलात्कार पछि उनी भागेका थिए । उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले थप अनुसन्धान गरिरहेको छ ।  ...
कटहरियाको वडा ७ को भेला सम्पन्न

कटहरियाको वडा ७ को भेला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८।०७९ को वडा स्तरीय योजना छनौट सम्बन्धि भेला वडा कार्यालयको सभा कक्षमा सम्पन्न भएको हो। सोहि वडाका वडा अध्यक्ष हरिभजन साहको अध्यक्षतामा सम्पन्न भेलाबाट शिक्षा ,स्वास्थ्य,कृषि गरि सबै क्षेत्रलाइ प्राथिमिकता साथ समेटिएको वडाध्यक्ष साहले जानकारी दिएका छन्। भेलाले विपन्न परिवार सँग वडाध्यक्ष योजना,पोल तार जडान,सिप मूलक तालिम,विद्यालयमा फर्निचर खरिद,ह्यूम पाइप खरिद,भ्रमण सहितको विभिन्न योजनाहरु प्रस्ताव गरिएको थियो । वडा सचिव जयराम साहले छनौट गरिएको योजानहरुलाइ अब नगरपालिकामा पेश गरिने बताए। कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरु ,वडा सदस्य रामपलक साह,शेष हफिज,श्रीपती देवी,सुगिया देवी,बुद्धिजिवी समाजसेवि,नागरिक समाज, महिला, दलित यूवा किसान,बालबालिका ,शिक्षक ,स्वास्थ्य स्वयंसेविका, विभिन...
अनेरास्ववियुसहित सात विद्यार्थी संगठनले बुझाए देउवालाई ज्ञापन पत्र

अनेरास्ववियुसहित सात विद्यार्थी संगठनले बुझाए देउवालाई ज्ञापन पत्र

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
काठमाण्डौँ । संयुक्त विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुसहित सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । ज्ञापन पत्रमा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा खुल्ला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नियुक्तिको वातावरण बनाउन माग गरिएको छ । यसैगरी चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाल लगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता गर्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन, खुद्रा नभएको बहानामा तोकिएको भन्दा बढी भाडा लिने काम नियन्त्रण गर्न पनि सात विद्यार्थी संगठनहरुले माग गरेका छन् । ...
देशका ६ जिल्ला “कोभिड–फ्रि”

देशका ६ जिल्ला “कोभिड–फ्रि”

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं । नेपालका छ वटा जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्य भएको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी ५०० सम्म छ भने काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः ५९८ र ५५३ छन् । सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ । नेपालमा अहिले संक्रमणदर १७.६ प्रतिशत र सक्रिय संक्रमित ६ हजार ३८६ छन् । कुल संक्रमितको संख्या आठ लाख २२ हजार ८३० पुगेको छ । सक्रिय संक्रमित सबैभन्दा धेरै वाग्मती प्रदेशमा दुई हजार ४७७ जना छन् । काठमाडौं उपत्यकाका तीन जिल्ल...
ठक्करबाट मृत्युपछि कार्वाहीको माँग गर्दै स्थानिय आन्दोलित

ठक्करबाट मृत्युपछि कार्वाहीको माँग गर्दै स्थानिय आन्दोलित

ताजा-अपडेट, मुख्य समाचार
रौतहट । जिल्लाको दुर्गाभगवती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु पछि स्थानिय प्रदर्शनमा उत्रिएका छन् । मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती गाउँपालिका–३ का १६ वर्षीय सन्तोष कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले भगाएको पिडित पक्षको आरोप छ । शनिवार दिउँसो करिब ३ बजेको समयमा पहिचान नखुलेको मोटरसाइकल चालकले एक जना साइकल चालकलाई ठक्कर दिई फरार भएका थिए । ठक्कर कारण साइकल यात्रुको उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि जनप्रतिनिधिले र प्रहरीले कुनै कार्वाही नगरेको भन्दै स्थानीय आज आन्दोलित भएका छन् । जिल्लाको गौर–गंगापिपर सडक अबरुद्ध गरि स्थानीय प्रदर्शन गरि रहेका छन् । घटना भएपछि आफुुलाई कसैले खबर नगरेको र पछि गएर आफुलाई सो घटनाबारे पत्ता लागेको ईलाका प्रहरी कार्यालय दुर्गाभगवतीका प्रवत्ता उपेन्द्र यादवले बताए । उनका अनुसार सिसिटिभिको भि...
महामन्त्रीमा रेखा पराजित

महामन्त्रीमा रेखा पराजित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
१९ मंसिर, रौतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेखा थापा पराजित भएकी छिन् । शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी भएकी हुन् । पदाधिकारीमा शाहीसहित अधिकांश थापापक्षका उम्मेदवार विजयी भएका छन् ।...
नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १५ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम गरेर आफ्नो कार्ययोजना तथा कार्यक्रमलाई सार्वजनिक गरेको छ । गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आफुले तयार गरेको कार्ययोजना सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरेको हो । माओवादी केन्द्र नेपालगञ्जका नगर अध्यक्ष रतन शाहीले पार्टीले आगामी दिनमा गरिने कार्ययोजना तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै नगरको समग्र विकास र सामाजिक सद्भाव तथा सहिसुष्णताका लागि निरन्तर खटिने बताउनुभयो । शाहीले प्रस्तुत गरेको कार्ययोजनामा नेपालगन्जको समग्र विकास र जनताका जनजिविकाको साझा सवालमा अन्य सबै राजनैतिक पार्टीहरुसङ्ग सहकार्य गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने, महान जनय...
एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १५ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको अध्यक्षमा पुराना र इमान्दार कम्युनिष्ट नेता इन्द्रबहादुर थापालाई चयन गरिएको छ। मंगलवार नेपालगञ्जमा सम्पन्न भएको एकिकृत समाजवादीको जिल्ला भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको छ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहनु भएका नेता अशोक कोइरालाको अध्यक्षतामा बसेको उक्त भेलाले थापाको नेतृत्वमा ३०३ सदस्यीय जिल्ला कमिटि गठन गरेको सो पार्टीले जनाएको छ । पुर्णता पाएको सो जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिवमा दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको स्रोतले जनाएको छ । चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराउनु भएको थियो । त्यसअघि कार्यक्रममा बोल्द...