Sunday, July 26
Shadow

भक्तपुरमा १२ वर्षीय बालिका बलात्कृत

भक्तपुर ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् । अन्य बालबालिकाहरु खेलेर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेको जनाइएको छ । आइतबार साढे ७ बजेतिर बलात्कार पछि उनी भागेका थिए ।

उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *