Saturday, September 12
Shadow

ताजा-अपडेट

हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा सिफारिस भएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा सांसद कोइलीलाई मनोनयनका लागि प्रस्ताव गरेका हुन् । सांसद कोइरी प्रतिनिधिसभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसपछि उनी संसदमा उपस्थित भएका छैनन् ।सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् ।...
रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनीहरूलाई प्रतिनिधिसभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।शपथग्रहण समारोहमा बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने उपस्थित भएनन्।...
बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट जिल्लाकाे सदरमुकाम स्थित गाैर नगरपालिका-३ मा करिब १०० लामाे बाटाे वर्षाै देखि अलपत्र अवस्थामा रहेको छ । वर्षाै देखि बाटाे नबनेकाे कारण वडा नं ३ का स्थानीयबासी पिडित बनेका हुन् । सदरमुकाम गौरकाे मुख्य चाेक बिपिचाेक काे दक्षिण तर्फ अवस्थित करिब १०० मिटर बाटाे बर्षाै देखि अलपत्र अवस्थामा रहेको छ। अलपत्र अवस्थामा रहेको उक्त बाटाे र ढल समेतकाे निकास नभएको कारण त्यहाँका बासीहरु एक आपसमा झैझगडाकाे विवाद समेत खेप्नु परेकाे हाे । स्थानीय निकायले समेत चासाे नदिँदा स्थानीयहरु पिडित बनेका छन्। गौर नगरपालिका ३ स्थित चन्देश्वर राउतको घर अगाडि वर्षाै देखि दुबै तर्फबाट बाटो सडक मिचेर घर बनाएको कारण सडक सांगुरो भएर अबरुद्ध भएको छ । सांगुरो भएकाे कारण आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाइ भएको छ ‌। यसरी अबरुद्ध गरिएको सडक कहिले फराकिलो हुनेछ र यहाँको विवाद समाधान हुने भनेर बासिन्दाहरु चिन्त...
माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
हात्तीको दाह्रा जस्तो  देखिने बस्तुसहित ३ जना पक्राउ

हात्तीको दाह्रा जस्तो देखिने बस्तुसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाडौं महानगरपालिका- १६ माछापोखरी स्थितमा अबैध रुपमा हात्तीको दाह्रा जस्तो देखिने बस्तु सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हात्तीको दाह्रा जस्तो देखिने बस्तु ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको अधारमा प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी अधिकृत समेतको टोलीले शंकास्पद व्यक्तिहरुको निग्रानी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा जिल्ला काभ्रे पलानचोक मन्डन देवपुर गाउँपालिका - ८ घर भई काठमाण्डौ बस्ने बर्ष २२ को रुपेश कुँवर , गोरखा सिरानचोक गाउँपालिका - ८ घर भई हाल काठमाडौं बस्ने बर्ष २० को सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका- ११ घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ५२ को ओम नारायण श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रितपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोला भित्र लुक...
श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १८ वर्षपछि पक्राउ गरेको छ ।रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाललाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए ।२०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि भारतमा गएका खुमे त्यहाँ ३० वर्ष बसेका थिए । त्यसपछि काठमाडौँमा आएर जमुना दर्जीसँग चौथो विवाह गरेको बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।काठमाडौँको क्षेत्रपाटीमा बस्ने खुमे दर्जीले आफ्नो वास्तविक परिचय लुकाएर दीपक रानाको नामले चिनाउने गरेका थिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल...
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

ताजा-अपडेट, मुख्य समाचार
रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् । बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिरह...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌।...
लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
लुम्बिनी - लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरीले आज सपथ ग्रहण गर्दै छन्। बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले आज सपथ लिन लागेका हुन्।  प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको थिए। चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।...
आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।उनले १० वैशाखमा जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो ।उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ...