Tuesday, September 15
Shadow

ताजा-अपडेट

बालेन अग्र स्थानमा, स्थापित तेस्रो स्थानमा

बालेन अग्र स्थानमा, स्थापित तेस्रो स्थानमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ वैशाख, रौतहट । काठमाडौं महानगरपालिकाको १ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मतसहित अग्र स्थानमा कायमैं रहेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० मतका साथा दोस्रो र एमालेका उम्मेदवार केशव स्थापित २ सय मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै, राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । अहिले वडा नम्बर १,२,३ र ३२ को मतगणना भइरहेको छ ।...
मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३० वैशाख, राैतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । साे नगरपालिकाकाे वडा नं १ जेठरहियामा रहेकाे चिकना मतदान केन्द्र बाट मतपेटिका लुटिएको हाे । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको निर्वाचन कार्यालय यमूनामाइ गाउँपालिकाका अधिकृत हरि प्रसाद शर्माले जानकारी दिएका छन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । अहिले त्यहाँ स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएकाे छ । मतदान अधिकृत लाई स्थानीयहरूले घेरा हालेका छन । ढुंगामुढा समेत भईरहेकाे बुझिएको छ । यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय राैतहटका अधिकृत छाेटेलाल दास सँग साेध्दा यसकाे आधिकारिक पुष्टि हुन बाँकि रहेकाे बताए । यधपी विवाद पछि चुनाव स्थगित गरिएको बताए । त्यस्तै, राैतहटकाे बाैधिमाइ सरमुजवाकाे क र ख दुवै मतदानस्थल स्थगित भएकाे निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दासले जानकारी ...
कुनै पनि मतदान स्थल स्थगित भएकाे छैन्: निर्वाचन प्रमुख

कुनै पनि मतदान स्थल स्थगित भएकाे छैन्: निर्वाचन प्रमुख

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३० वैशाख, राैतहट । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् । ‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने । आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।...
काठमाडौँ महानगरपालिकामा कुल १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौँ महानगरपालिकामा कुल १५६ केन्द्र र ३६३ मतदानस्थल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २९ वैशाख, रौतहट । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ। तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता रहेका छन् भने धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् भने वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । त्यस्तै वडा नं २३ मा ४ हजार ४७७ मतदाता रहेका छन् भने वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन्। वडा नं. १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान ...
मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २९ वैशाख,रौतहट । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोप लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो । विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । जसपछि उनी काठमाण्डौँ पुगेका हुन् । क्षेत्रीले भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।...
बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

बुटवलमा एमाले उम्मेदवारकी श्रीमती माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, २८ वैशाख, रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ को मझुवा टोलमा रहेको सुकुम्बासी बस्तीमा पुगेकी भट्टराईकी श्रीमती माया भट्टराईलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । प्रहरीले कांग्रेस कार्यकर्ताहरुले थुनेको अवस्थामा भट्टराईलाई उद्धार गरेको छ । कांग्रेस कार्यकर्ताहरुले उनी पैसा बाँड्न आएको भन्दै नाराबाजी गरेका थिए । बुटवलका एमालेका नेताहरुले भने पैसा बाँड्न नभई आफन्त भेट्न गएको दावी गरेका छन् ।...
मतपत्रकाे नमूना सहित पैसा बितरण गर्ने माओवादीका कार्यकर्ता पक्राउ

मतपत्रकाे नमूना सहित पैसा बितरण गर्ने माओवादीका कार्यकर्ता पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २८ वैशाख, सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेका अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए । गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुन: उम्मेदवार बनेका हुन् ।...
गाैर सिमा नाका बन्द

गाैर सिमा नाका बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, रौतहट । आसन्न वैशाख ३० को निर्वाचनको लागि मंगलवार राति १२ बजे देखि छिमेकी राष्ट्र भारत सँग जाेड्ने राैतहटका सम्पुर्ण नाका बन्द भएका छन् । शुक्रवार हुने स्थानिय निर्वाचनलाई शन्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबार देखि छिमेकी मुलुक भारतसँग जोडिएको सीमा बन्द भएकाे छ । सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय कार्यान्वयन भएकाे छ । आजबाट गौर भन्सारको मुख्य सिमा नाका, महादेवपट्टी, बेलविछवा नाका, बंकुल नाका लगायत सम्पुर्ण नाकाहरु सिल भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कार्वाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुनिल मल्लले बताउनु भयाे । "हामी सबै सुरक्षाकर्मी निर्वाचनलाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्नलाई प्रयासमा जुटेका छाै " उनले सच तक नेपाल लाई बताउनु भयाे । त्यस्तै वैशाख ३० गते (शुक्रवार)...
कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

कलंकीमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ वैशाख, राैतहट । आज बिहान काठमाडौंको कलंकी चोकमा टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब ३ बजे थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।...
निर्वाचनको लागि टेलिकमको नयाँ अफर

निर्वाचनको लागि टेलिकमको नयाँ अफर

ताजा-अपडेट, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रुपैयाँ ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ। उक्त अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । “टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ”, विज्ञप्तिमा भनिएको छ, “तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रुपैयाँ ९८ मा उपलब्ध हुनेछ। तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्या...