सशस्त्र प्रहरीलाइ बदनाम गर्न आतुर भए सशस्त्र प्रहरीकै हवलदार
बारा, १२ जेष्ठ । स्थानीय तहको निर्वाचन सु-सम्पन्न गराउन अहम भुमिका खेलेका सशस्त्र प्रहरी बल नेपाललाइ बदनाम गराउन सशस्त्र प्रहरीकै कर्मचारीले गरिरहेको खुल्नमा आएको छ । सीमा नाकाको साथ साथै ग्रामिण भेगहरूमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल संगठनलाइ नै बदनाम गराउन केहि सशस्त्र प्रहरीको तल्लो स्तरको कर्मचारी आतुर भएको खुल्नमा आएको हो ।
मधेस प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले आफ्नो भुमिका निर्वाह गर्दै लागु औषध कारोबारीदेखि हातहतियार समेत बरामद गर्न सफल भइरहेकै बेला सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलिले आफ्नै संगठनलाइ बदनाम गर्न आतुर भएको बुझिन्छ । सीमा नाकाबाट अबैध रकम असुल गरेको आरोप मात्र नभइ प्रमाण सहित बारा जिल्लाबाट लखेटिएका सशस्त्र प्रहरी हवलदार आफ्नै संगठनलाइ बदनाम गर्न पछि हटेन्न । सशस्त्र प्रहरी बल न...









