Sunday, September 13
Shadow

ताजा-अपडेट

मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु

मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१३ भदाै, राैतहट । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् ।सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिइ हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।आयोगले ‘मतदाता नामावली अद्यावधिक( दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्त...
रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १३ भदौं, रौतहट । रौतहट प्रहरीले आज (सोमबार) विशेष सूचनाको आधारमा २०४ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ उक्त गाँजा छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । प्रहरी टोलीले उक्त लागु औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान कार्य भइरहको प्रवक्ता मल्लले जनाएको छ ।...
ऋणपत्र खाेल्दै हिमालयन बैंक

ऋणपत्र खाेल्दै हिमालयन बैंक

अन्य, ताजा-अपडेट, मुख्य समाचार
१३ भदाै, राैतहट । हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ ।सामूहिक लगानी कोषहरूले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी...
छाेराद्वारा बुवाकाे हत्या

छाेराद्वारा बुवाकाे हत्या

ताजा-अपडेट, मुख्य समाचार
१३ भदाै, पाल्पा - पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।...
खाडी जान लागेको १९७ जना विमानस्थलबाट फर्काइए

खाडी जान लागेको १९७ जना विमानस्थलबाट फर्काइए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१२ भदाै, राैतहट । खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । उनीहरु नक्कली कागजातका आधारमा भिजिट भिसाका खाडी जादै थिए। बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो ।विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले भने । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन् ।भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत...
नेविसंघका‌ बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग

नेविसंघका‌ बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क १२ भदाै, राैतहट‌ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ,'विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलुकी ४ः३० बजे बस्न...
म्याग्दी: खाेलाले बगाएर एक जना बेपत्ता

म्याग्दी: खाेलाले बगाएर एक जना बेपत्ता

banner-news-1, ताजा-अपडेट
सचतक नेपाल,१२ भदाै, म्याग्दी - म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।नदी किनारमा राईले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।...
मंसिर ४ निर्वाचन: समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु

मंसिर ४ निर्वाचन: समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
११ भदाै, राैतहट । आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ।निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार शुक्रबार पहिलो दिन प्रतिनिधि सभातर्फ २९, प्रदेश नम्बर १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन्।यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको कार्यालय तोकेको छ। आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ।...
आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,११, भदाै, राैतहट । आज कुशे औँसी । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।आजै नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम संवत् १९२३ साल भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्मिएका मोती...
कपिलवस्तुमा एक जनाकाे हत्या

कपिलवस्तुमा एक जनाकाे हत्या

banner-news-1, खबर बिषेश, ताजा-अपडेट
१० भदाै, कपिलबस्तु । अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरेकाे छ।जिल्लाको मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।पासीलाई मायादेवी गाँउपालिका ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएकाे छ।यससम्बन्धी थप अनुसन्धन भइरहेकाे प्रहरीकाे भनाइ छ।...