Sunday, September 13
Shadow

ताजा-अपडेट

राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै,राैतहट ‌। जिल्लाकाे गरुडा नगरपालिका -३ मलाही टाेलमा तीजकै दिन चट्याङ लागेर एकै‌ परिवारका ३ जनाकाे मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।‌मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,‌१८ वर्ष कि मनिशा कुमारी र १७ वर्ष कि जगिया कुमारी रहेकाे इलाका प्रहरी कार्यालय गरुडाले सचतक नेपाललाई जानकारी दिएका छन् । मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ‌। चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक मध्ये सुदमिया देवी र जगिया कुमारी एउटै परिवारकी थिइन् ।‌ एउटै‌ गाउँकाे तीन जनाकाे मृत्यु पछि गाउँनै‌शाेकाकुल भएको छ।...
मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले करिब साढे १९ अर्ब रुपैयाँ छुट्याएको छ । यो गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका लागि छुट्याएको बजेटको दोब्बरभन्दा बढी हो । स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएकामा ५ अर्ब ४ करोड मात्र खर्च भएको थियो भने प्रहरीले १ अर्ब ३२ करोड, सशस्त्रले ४४ करोड ५५ लाख र सेनाले ४० करोड रुपैयाँ खर्च गरेका थिए । अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १० अर्ब तथा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका लागि ८ अर्ब ८२ करोड २१ लाख छुट्याइएको छ । आयोगले सरकारसँग ११ अर्ब रुपैयाँ मागेकामा १ अर्ब घटाएर खर्चको सहमति दिइएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रस्ताव गर्दै करिब ७ अर्ब रुपैयाँ बजेट माग गरेकामा मागेको भन्दा ५ ह...
पहिरन र शृङ्गारमा सजिएपछि…..

पहिरन र शृङ्गारमा सजिएपछि…..

ताजा-अपडेट, विचार
नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको मुलुक हो। नेपालका विविध संस्कृतिहरू हाम्रा साझा सम्पत्ति हुन्। मानव सभ्यताको विकास क्रममा निर्मित भौतिक तथा आध्यात्मिक मूल्यको संश्लेषण नै संस्कृति हो। चाडपर्वहरू संस्कृतिका एक प्रमुख अङ्ग हुन्। नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज महìवपूर्ण पर्व हो। बदलिँदो परिस्थितिबमोजिम यस पर्वलाई मनाउने क्रममा थुप्रै परिवर्तन हुँदै गएको हुँदा यसले नेपाली समाजको सामाजिक–सांस्कृतिक झलकप्रस्तुत हुने गर्दछ। संस्कृतिभित्र विचार, व्यवहार, मूल्यमान्यता, रीतिरिवाज, चालचलन र कला आदि पर्दछन्। चाडपर्वले राष्ट्रिय भावना जगाउने गर्दछ। साथै यसले जीवनोपयोगी शिक्षा दिने गर्दछ। यसले मानव जीवनमा नयाँ जोश, नयाँ शक्ति, नयाँ स्पूmर्ति, नयाँ प्रेरणा प्रदान गर्दछ। चाडपर्व उत्पत्तिको विषयमा कसैले यसलाई धार्मिक तथा कसैले यसलाई अन्य कारण भनी व्याख्या विश्लेषण गरे पनि वास्त...
चन्द्रमासम्म पुग्ने नासाकाे रकेट प्रक्षेपण अन्तिम चरणमा स्थगित

चन्द्रमासम्म पुग्ने नासाकाे रकेट प्रक्षेपण अन्तिम चरणमा स्थगित

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
न्युयोर्क–अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।...
आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । आज हरितालिका तिज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । राैतहटकाे प्रशिद्ध शिवनगरमा पनि याे दिन श्रद्धालुहरुकाे भिड हुने गरेको छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहि...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१३ भदाै, राैतहट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जानुहुने भएको छ । इन्टरपोल बैठकमा भाग लिन उहाँहरु आज अमेरिका जान लाग्नुभएको हो । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।...
टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल, टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा झरेको छ । सन् २०२४ मा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै स्थान बनाउने भएकाले यसको महत्व छ । वरीयता घटेसँगै नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना पनि कमजोर हुँदै गएको छ ।टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।...
पत्रकार पटेलकाे जन्मदिन अनाथ आश्रममै बित्यो

पत्रकार पटेलकाे जन्मदिन अनाथ आश्रममै बित्यो

ताजा-अपडेट, मुख्य समाचार
१३ भदौ, राैतहट । उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएका छन् । रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष एवं मधेश प्रदेश अनलाइनका संचालक समेत रहेका पत्रकार पटेलले आफना जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग गरुडा स्थित बंशीराम जयसवाल अनाथालय आश्रममा मनाएका छन् । निरन्तर गरिव एवं असाहायलाई सहयोग गर्दै समाजमा आफना छुटै ...
आफुविरुद्ध मुद्धा हाल्ने अशंकापछि मेयर बालेनद्वारा कानून सल्लाहकार नियुक्त

आफुविरुद्ध मुद्धा हाल्ने अशंकापछि मेयर बालेनद्वारा कानून सल्लाहकार नियुक्त

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१३ भदाै, काठमाडौं।‌ काठमाडौं महानगरपालिकाको कानून सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् । आइतबार बसेको महानगरको बैठकले अर्याललाई सल्लाहकार नियुक्त गरेको हो ।बैठकमा मेयर बालेन्द्र साहले अर्याललाई कानूनी सल्लाहकार नियुक्त गर्ने प्रस्ता राखेका थिए । तथापी, महानगरले निणर्य गरेपनि सम्झौता हुन बाँकी रहेको बताइएको छ ।विशेष सुचना अनुसार केहि दिन देखि अवैध रुपमा निमार्ण भएका संरचना भत्काउन सुरु गरेको महानगरका मेयर साह विरुद्ध व्यवसायीले मुद्धा हाल्ने सुचना मेयर साहले थाहाएपछि उनले कानूनी प्रतिरक्षाको लागि अर्याललाई सल्लाहकार नियुक्त गरेको बुझिएको छ ।अधिवक्त्ता अर्याल गोविन्द केसी फर अलाइन्स अभियानमा सक्रिय रहँदै आएका छन् ।...
साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध

साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क१३ भदाै, राैतहट । देशकै प्रसिद्ध पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन माथि प्रतिबन्ध लगाइएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी यस्तो आदेश जारी गरेको हो ।साेमबारबाट लगु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...