Saturday, September 12
Shadow

ताजा-अपडेट

राजेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४६ कराेडकाे बजेट प्रस्तुत

राजेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४६ कराेडकाे बजेट प्रस्तुत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - राजदेवी नगरपालिकाले आफ्नो १० औं नगरसभा बुधबार सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। जसअनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ। जनमुखी स्थानीय सरकार, विकास र समृद्धिकाे आधारमा मुल नाराका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी यादवले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४६ कराेड ४० लाख १५ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ११ कराेड ४१ लाख ५० हजार तथा पुँजीगत तर्फ ९ कराेड ३८ लाख ६५ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। नगरप्रमुख यादवले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका थिए। बिकास कार्य, सिँचाइ, कृषि, सहकारी प्रवद...
ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए । साभार दृष्टिन्यूज...
घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट- रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृतक परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारी रेहकाे प्रहरीले जनाएको छ । उनलाई करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ ।...
गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेकाे प्रहरीले जनाएकाे छ ‌। यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व राज खड्काले जानकारी दिए ।गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको र बाँकी रहेका एक जनामाथि सार्वजनिक शान्ति विरुद्धको अपराधमा मुद्दा चलिरहेको थियो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई...
प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफ...
सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

ताजा-अपडेट, मुख्य समाचार
पर्सा - सानाेदिप संस्था र बिरगंज महानगरपालिका वडा नं २० का अध्यक्षकाे सहकार्यमा वृक्ष राेप्न कार्यक्रम सम्पन्न भएको छ । सानाेदिका अध्यक्ष कृष पटेलकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको हाे भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थापालिया पुगेका थिए। वातावरण प्रदुषणलाई संरक्षण गर्न वृक्ष राेप्न कार्यक्रमकाे आयाेजना गरिएको संस्थाका अध्यक्ष कृष पटेलले बताए ‌। त्यस्तै उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा वडा अध्यक्ष रामकिशोर सिंह अतिथि तर्फ समाजसेवी अंकित पुरी लगायत अन्य व्यक्तिहरुकाे सहभागिता रहेको थियो । मधेश प्रदेशलाई हरियाे प्रदेश बनाउन उदेश्यले सानाेदिप संस्था छाेटाे प्रयास गरेकाे संस्थाले जनाएको छ।...
बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । बाल विवाह अन्त्य गर्न र बालबालिकामा जनचेतनाका लागि रौतहटको गरुडा नगरपालिका अवस्थित एक विद्यालयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।आइतबार श्री नमुना माध्यमिक विद्यालय गरुडा प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको हाे ।वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ । नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्य...
लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा - बचतकर्ताको लगभग दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए ।...
धरानकाे एक ग्यारेजबाट पेस्तोल सहित दुई जना पक्राउ

धरानकाे एक ग्यारेजबाट पेस्तोल सहित दुई जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । सुनसरीबाट एक थान स्वचालित पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।जिल्लाको धरान उपमहानगरपालिका–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारी स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन् ।एक साताअघि पक्राउ परेकाहरुले दिएको बयानको आधारमा खोजतलास गर्दा लिम्बू र भण्डारी पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।धरान–८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको बताइएको छ । उक्त ग्यारेजका सचालक भण्डारी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।...