Sunday, September 13
Shadow

ताजा-अपडेट

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । एप्पलले आईफोन १२ सार्वजनिक गरेसँगै फोनमा चार्जर समावेश नगर्ने निर्णय गरेको थियो । एप्पलको उक्त निर्णयबाट ब्राजिलियन सरकार त्यति सन्तुष्ट थिएन । त्यहाँको सरकारले चार्जर नआउने आईफोन बिक्री गर्न नपाउने व्यवस्था ल्याएको थियो । आईफोनको बिक्री रोक्नका लागि ब्राजिल सरकारले एप्पललाई २३ लाख डलर (करिब साढे २९ करोड रुपैयाँ) जरिवाना तिराएको थियो । त्यस्तै ब्राजिलको दूरसञ्चार निकायले समेत आईफोन १२ को दर्ता रद्द गरेको थियो । ब्राजिलले एप्पलले आज आयोजना गर्न लागेको ‘फार आउट’ कार्यक्रममाथि नै प्रतिबन्ध लगाएको छ । एप्पलले आयोजना गर्न लागेको कार्यक्रममा कम्पनीले आईफोन १४ (जुन चार्जरबिना नै बजारमा आउनेछ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ब्राजिलियन पत्रिका फोल्हा डि एस पाउलोका अनुसार कम्पनीले आफ्नो वेबसाइटमार्फत भने आईफोन १२ बिक्री गर्न पाउनेछ । एप्पलले भन...
अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ । सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ । सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो । क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो । सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष र...
झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२३ भाद्र, झापा । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथी छ । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२३ भाद्र, भेरी । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो ।...
१२ ठाउँका सिडिओकाे सरुवा

१२ ठाउँका सिडिओकाे सरुवा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क२३ भाद्र, राैतहट । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।निर्वाचन आचारसंहिता लागु हुने तयारी भइरहेका बेला गृहले सरुवालाई तीव्रता दिइरहेको छ। काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको मन्त्रालयको निजामती प्रशासन शाखाले जनाएको छ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई काठमाडौंको प्रमुख बनाइएको छ।काठमाडौँका सीडीओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ।यस्तै कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ललितपुर सरुवा गरिएको छ। कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ।जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ।दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ। दैलेखका हरि प्याकुर...
श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क२३ भाद्र, राैतहट । श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रव्रेश गरेकाे हाे ।नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे । समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ ।समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४-० ले हरायो ।शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ । भुटान भने लगातार दोस्रो हार...
सन्दीपबारे क्यानले तत्कालै कुनै पनि छानबिन नगर्ने : अध्यक्ष चन्द

सन्दीपबारे क्यानले तत्कालै कुनै पनि छानबिन नगर्ने : अध्यक्ष चन्द

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा तत्कालीन नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही छानबिन नगर्ने बताएको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए। ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने।उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए। महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको ...
सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भदाै, सर्लाही । बिद्युत प्राधिकरणकाे लापरबाही कारण करेन्ट लागेर एक जनाकाे ज्यान गएपछि पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै स्थानियले क्षतिपूर्तिको माग गरेका छन्।विद्युत प्राधिकरणको लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लोकमार्ग अवरुद्ध गरेका थिए ।बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो ।सडक अवरुद्ध भएको स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने स्थानीयले टायर वालेर सडक अवरुद्व गरिरहेका छन् ।...
सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट ‌। नेपाल प्रहरीले इन्टरपाेलकाे सहयोगमा जबरजस्तीकरणी(बलात्कार)को आराेपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्ने भएको छ ।प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताउनुभयो । उनले भने, ‘देशमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन डिआईजी राईले बताउनुभयाे । भदौ ५ गते सन्दीप माथि एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रि...
गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ

गाैरबाट काठमाडौंकाे लागि छुटेकाे सुमाेबाट प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भाद्र, काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट प्रतिबन्धित लागूऔषध एम्पुल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ५ किलोग्राम सहित काभ्रे मण्डन देउपुर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरक...