Saturday, September 12
Shadow

ताजा-अपडेट

डा. सज्जन स्वास्थ्य विभागकाे उपप्रमुखमा नियुक्त

डा. सज्जन स्वास्थ्य विभागकाे उपप्रमुखमा नियुक्त

ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले चिकित्सक डा. सज्जन ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) (ग) बमोजिम महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरिएको पत्रमा भनिएको छ । स्वास्थ्य प्रमुख शर्मिला थापाले आइतबार एक पत्र लेख्दै डा. ठाकुरलाई विभागको उप–प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभयो । ‘स्वास्थ्य विभागको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउनमा तपाईँ डा. सज्जन ठाकुरको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’पत्रमा उल्लेख छ । उनी सफल चिकित्सक संगसंगै राजनीतिमा पनि अव्वल पार्टीका एक कार्यकर्ताले बताए ।...
अभिनेता पल शाहले पाए सफाइ,  भाेली रिहा हुने

अभिनेता पल शाहले पाए सफाइ, भाेली रिहा हुने

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरले जनाएको छ । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसला उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दि...
शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न

शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव गौर । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा नगरपालिकाका प्रमूख, उपप्रमूख,वडाअध्यक्ष तथा सदस्यहरु लगायत संचारकर्मीहरु बिच कार्यक्रम आइतबार सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतवार सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के–कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यका बारेमा अन्तरक्रिया गरिएको थियो। उक्त कार्यक्रममा गौर नगरपालिकाका पुर्व उपप्रमुख किरण ठाकुरले पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्...
बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश खेल्न जान पाउनुपर्ने माग गर्दै दागर गरेको मुद्दामा बहस सुरु भएको छ । सन्दीपका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि सर्वोच्च अदालतको बन्द इजलाशमा बहस सुरु भएको हो । सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु गरिएको छ । सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुरावेदन गरेको छ । यता सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । यी दुबै निवेदनमाथि बहस सुरु भएको हो ।...
बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
वासिङ्टन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ । दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तर हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीवि...
टर्कीमा पुनः शक्तिशाली भूकम्प

टर्कीमा पुनः शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी तीनजनाको मृत्यु र ६८० भन्दा बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सीले स्थानीय समयानुसार सोमबार राति ८ बजेर ४ मिनेटमा ६.४ म्याग्निच्युड र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।टर्कीमा ती दुई नयाँ भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएपछि उद्धारकर्ताले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् ।टर्कीको छिमेकी मुलुक सिरियासँगको सीमानजिकै केन्द्रविन्दु भएर ती भूकम्प गएका हुन् । सोही ठाउँ केन्द्रविन्दु भएर यही फेब्रुअरी ६ तारिखमा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी टर्की र सिरियामा ४४ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घरबारविहीन भएका थिए । सोमबारको नयाँ भूकम्पपछि दर्जनौँपटक परकम्प महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ ।...
आज सेयर बजारकाे काराेबार बन्द

आज सेयर बजारकाे काराेबार बन्द

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा - प्रत्येक वर्ष झै महाशिवरात्रि तथा नेपाल सेनाकाे २६० औं वार्षिक उत्सवकाे अवशरमा यस वर्ष पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ। शनिबार बारा जिल्लामा तैनाथ श्री नं.२८ वाहीनी अड्डा‌ तथा‌ श्री ज्वालादल गणकाे संयुक्त आयोजनामा निजगढ नगरपालिका -४ स्थित श्री पर्वतनाथ महादेव मन्दिर परिसरमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न कार्यक्रम तथा नेपाली सेनाकाे गतिविधि झल्काउने भिडियो प्रदर्शन आयाेजना भएको हाे ‌ । यतिमात्र नभएर जिम्मेवारी क्षेत्रमा गरिएका सुरक्षा सम्बन्धी तस्बिरहरु साथै स्थानीय स्राेत र साधन प्रयोग गरि मेडिकल संचालन समेत गरिएको हाे । एनसिसी अलमुनियम संग समन्वय गरी सांस्कृतिक कार्यक्रम तथा त्यहाँका स्थानीय बसोबास गरेका भू.पु सैनिक तथा आस्रित परिवारहरुबाट विभिन्न राेचक कार्यक्रम गर्नुकाे साथ-साथै प्रसिद्ध गढीमाई मन्दिरलाई सरसफाई गरी कलम यात्रा समेतकाे आयाेजना गरि महाशि...
भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं- नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन ।काठमाडौं, टुडिखेलमा सेना दिवसको अवसरमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुनका लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाई छ ।नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।...
राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै नेपाल पत्रकार महासंघ राैतहट शाखाका सह-सचिव संजय सहनी आमरण अनशनमा बसेका छन ।रौतहटजिल्लाको गौर ४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै पत्रकार संजय सहनी सोमवार साँझ देखी आमरण अनसनमा बसेका छन ।वि.स.२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा शिलान्यास गरेको पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।पप्पु कन्सन्ट्रक्सनले काम नगरे...